search

spot_img
spot_img

ठोरी छोटी भन्सारको स्तरोन्नति हुने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ माघ । लामो समयको प्रतीक्षापछि ठोरी गाउँपालिका वडा नं २ मा रहेको ठोरी छोटी भन्सारको स्तरोन्नति हुने भएको छ ।आगामी माघ २७ गते शनिवार सङ्घीय अर्थमन्त्री प्रकाशशरण महतले ठोरी छोटी भन्सारलाई स्तरोन्नति गर्ने घोषणा गर्नेछन् ।
अर्थमन्त्रीसहित अर्थ मन्त्रालयका अन्य दुई सचिव तथा भन्सार विभागका प्रमुखको समेत सहभागितामा ठोरी छोटी भन्सारको स्तरोन्नतिको घोषणा हुने कार्यक्रम तय भएको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए । ठोरी गाउँपालिका र माडी नगरपालिकाको संयुक्त बैठकले ठोरी छोटी भन्सारको स्तरोन्नति गर्न संयुक्त पहल गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालय र भन्सार विभागले ठोरी छोटी भन्सारलाई स्तरोन्नति गर्न चासो देखाएको अध्यक्ष श्रेष्ठले बताए ।
ठोरी भन्सारको स्तरोन्नति हुने खबरले ठोरीवासी खुशी भएका छन् । लामो समयदेखि बन्द रहेको छोटी भन्सार सञ्चालनमा आएपछि भारतीय पर्यटकहरू गाडीको प्रवेश शुल्क तिरी नेपालको जुनसुकै स्थानमा जान सक्ने भएपछि पर्यटनमा समेत प्रत्यक्ष टेवा पुग्ने स्थानीय बुद्धिजीवीको भनाइ छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजमा खानेपानी समस्या समाधानको लागि मन्त्रीहरुको दौडधूप

वीरगंज,३० असार । वीरगंज महानगरपालिकामा खानेपानी समस्याबारे बुझ्न कानुन मन्त्री अजय चौरसिया र खानेपानी मन्त्री प्रदिप यादवले पर्सा जिल्ला...

सम्बन्धित खबर

- Advertisement -neelambads