search

प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ माघ/ बारा, प्रसौनी गाउँपालिका–१ बजार क्षेत्रमा विवाह, गोष्ठी, सेमिनार, सभा आयोजना गर्ने उद्देश्य अनुसार बहुउद्देश्यीय भवनको निर्माण कार्य शुरू भएको छ । करीब पाँच करोडको लागतमा तीन कट्ठा क्षेत्रफलमा दुई तले भवन निर्माण भइरहेको हो ।
दुई तले भवनको माथि सभाहल रहनेछ भने भुइँतलामा आठवटा कोठा निर्माण गरिनेछ । गापा अध्यक्ष विनोद जयसवालका अनुसार प्रसौनी गापामा दुई सयजनाभन्दा बढी मानिस भेला हुनेगरी सुविधासम्पन्न पार्टी प्यालेस, होटल नरहेकोले स्थानीयको माग मध्यनजर गरी बहुउद्देश्यीय भवन निर्माण भइरहेको उनले बताए ।
उक्त भवनमा ३५० जना अट्न सक्ने बताइएको छ । सुबोध पाण्डे सञ्चालक रहेको अर्चना/पिपी कन्स्ट्रक्शन जेभीले एक वर्षभित्र सो भवन निर्माण कार्य पूरा गर्ने सम्झौता गरेको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads