search

spot_img
spot_img

बिरामी बेच्ने धन्धामा एम्बुलेन्स चालक

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ माघ / कोही कसैलाई कुनै रोगले छोयो, दुर्घटनामा प-यो वा सिकिस्त भएर अस्पताल भर्ना हुनुपर्दा सबैभन्दा पहिले सम्झिने काम हुन्छ, एम्बुलेन्सलाई । र एम्बुलेन्स चालकमाथि विश्वास गरेर बिरामीहरू स्वास्थ्य संस्थासम्म पुग्छन् ।
बिरामीलाई एम्बुलेन्समा राखेर एम्बुलेन्स चालकहरूले स्वास्थ्य संस्थामा बिरामी बेच्ने गरेको पाइएको छ । कुन बिरामीलाई कहाँ पु-याउने भन्ने विषयमा सर्वसाधारणलाई जानकारी नहुँदा सोको फाइदा एम्बुलेन्स चालकहरूले उठाउँछन् र बिरामी ल्याएबापत स्वास्थ्य संस्थासँग हजारौं रुपैयाँ कमिशन लिएर बिरामी बेच्ने गरेको बुझिएको छ ।
नारायणी अस्पतालमा ओपिडीमा चेक गराउँदा रु २५ लाग्छ, नेशनल मेडिकल कलेजमा रु ५० लाग्छ भने अन्य निजी क्लिनिकमा रु सात सयभन्दा बढी लाग्छ । त्यसैगरी, गर्भवती महिलाको प्रसूति गराउन अस्पताल रोज्ने ज्ञान नहुँदा कतिपय बिरामीहरू चर्को शुल्क लिने अस्पतालमा पनि गइरहेका हुन्छन् । सुत्केरीको सबै उपचार निश्शुल्क गर्ने आमा सुरक्षा कार्यक्रम वीरगंजका केही अस्पतालमा मात्र लागू छ । तर एम्बुलेन्स चालकहरूले त्यस्ता बिरामीहरूलाई चर्को शुल्क लिने अस्पतालमा पु-याएर कमिशन कुम्ल्याउने गर्छन् । आमा सुरक्षा कार्यक्रम नारायणी अस्पताल, वीरगंज हेल्थकेयर, सूर्य हस्पिटल, श्रीराम हस्पिटललगायतका अस्पतालमा लागू छ ।
यी अस्पतालमा प्रसूति गराउँदा उपचार निश्शुल्क हुनुका साथै यातायात भत्ता पनि पाइन्छ । कार्यक्रम लागू नभएका अस्पतालमा भने पाइँदैन । तर एम्बुलेन्स चालकहरूले कार्यक्रम लागू नभएका अस्पतालमा गर्भवती महिलालाई लैजाने गरेका छन् ।
यसैगरी, बिरामीहरूलाई अस्पतालले ठग्ने काममा प्रहरीले पनि सहयोग गरेको आरोप लाग्ने गरेको छ । कुनै ठाउँमा दुर्घटना हुँदा सबैभन्दा पहिले सूचना प्रहरीकहाँ पुग्छ । केही निजी अस्पताल र प्रहरी चौकी इन्चार्जसँग एम्बुलेन्स चालकको मिलेमतोमा घाइते, बिरामीहरूलाई निजी अस्पतालमा पु-याइन्छ । यस क्रममा एम्बुलेन्स चालकले अस्पतालबाट चर्को कमिशन लिने गरेको बताइन्छ ।
पर्सा, बारा, रौतहट, सर्लाहीसम्म सञ्चालनमा रहेका सरकारी तथा निजी करीब सयभन्दा बढी एम्बुलेन्स चालकहरूको काम बिरामीलाई अस्पतालमा बेचेर कमिशन लिने परिपाटी मौलाएको छ । एम्बुलेन्स भाडा कम लिएर चालकले बिरामीका आफन्तजनलाई फकाउने गरेका छन् । पोखरियाबाट कुनै बिरामीलाई नारायणी अस्पतालमा लैजान आफन्तजनले भनेमा चालकले रु तीन हजार भाडा भन्छन् तर त्यही बिरामीलाई कमिशन दिने निजी अस्पतालमा लग्न पाउँदा चालकले रु दुई हजार मात्र भनेर फकाउने गर्छन् ।
एम्बुलेन्स चालकहरूले बिरामी ओसारेर ठग्ने काम गरिरहँदा उनीहरूलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने र सर्वसाधारणले पनि कुन रोगको उपचार कुन अस्पतालमा सुलभ मूल्यमा हुन्छ भन्ने जनचेतना जगाउनुपर्ने विज्ञहरू बताउँछन् । निजी अस्पतालले शल्यक्रिया, औषधि, शय्या, ल्याब, डाक्टर राउन्ड, नर्सिङ केयरलगायत विभिन्न शीर्षकमा गरीब, असहाय बिरामीसँग चर्को शुल्क असुल्ने गरेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मधेस प्रदेशमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो

जनकपुरधाम, ३० असार : मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ । विगत दुई महिनादेखि...

सम्बन्धित खबर

- Advertisement -neelambads