search

बहुअरी गाउँको सडक फराकिलो पारिंदै

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २४ माघ/ बारा, परवानीपुर गाउँपालिका–५ बहुअरी गाउँको मुख्य सडक फराकिलो पार्ने योजना अघि बढेको छ । सोमवारदेखि गाउँको मुख्य सडकको चौडाइ नाप्ने काम शुरू भएकामा कहीं १३, कहीं १६, कहीं २० फिट चौडा देखिएका छन् ।
औसतमा करीब २० फिट चौडा र आठ सय मिटर लम्बाइको मुख्य सडकको दायाँ–बायाँ दुवै छेउमा पाँच/पाँच फिट चौडा नाला बनाएर सडक ढलान गर्ने योजना बनेको परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले बताए ।
सडक नापजाँच भइरहँदा गापा उपाध्यक्ष सुगान्धी देवी, वडा नं ५ का अध्यक्ष रामेश्वर कलवार, वडा सदस्यलगायत जनप्रतिनिधिहरूको टोली बहुअरी गाउँ पुगेको थियो । वर्षौंदेखि साँघुरो सडक फराकिलो पार्ने योजना अघि बढ्दा गाउँले खुशी भएका छन् । एक/दुई ठाउँमा सामान्य अवरोधबाहेक सडक चौडा पार्ने काम अगाडि बढ्ने बताइएको छ । उक्त सडक फराकिलो गरेर ढलान गर्न गापाले चालू आवमा रु ९० लाखको बजेट विनियोजन गरिसकेको छ । बजेट कम भएमा आगामी वर्षको बजेटमा पनि समेट्ने अध्यक्ष कुर्मीले बताए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads