search

spot_img
spot_img

बहुअरी पिपरामा सडक ढलानको काम हुँदै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २४ माघ/ वीरगंज महानगरपालिका–१४ बहुअरी पिपराको क्षेत्रमा वडा कार्यालयले वडास्तरीय बजेटबाट विभिन्न बस्तीका भित्री सडकहरू ढलान, मरम्मतसम्भार एवं निर्माण कार्य अघि बढाएको छ ।
वडाध्यक्ष महबुब एलाही अन्सारीका अनुसार महानगरपालिकाबाट वडा कार्यालयले रु ७० लाख वडास्तरीय बजेट प्राप्त गरेकोमा सामाजिक विकास शीर्षकबाहेकको बजेट रु ३० लाखमध्ये बहुअरीमा १० लाख, सानो पिपरामा छ लाख, ठूलो पिपरामा १२ लाख, राधेमाईमा दुई लाख छुट्याइएको छ ।
सबै काम स्थानीय उपभोक्ता समितिमार्फत अगाडि बढाइएको उनले बताए । त्यसैगरी सामाजिक विकास शीर्षकको रकमबाट खेलकूदमा तीन लाख, सिलाइकटाइमा पाँच लाख, कम्बल वितरणमा तीन लाख, शिक्षा र स्वास्थ्यमा एक/एक लाख, धार्मिक गतिविधिको लागि तीन लाख एवं आकस्मिक सहायताको लागि रु १० लाखलगायत ४० लाख छुट्याइएको उनले जानकारी गराए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

जनकपुर, २२ असोज : मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्तावित गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads