search

महायज्ञले सामाजिक सद्भाव बढाउँछ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ माघ/ उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगंजमा आयोजना गरिएको महायज्ञले यस भेगको जनताबीच आपसी सद्भाव बढाउने बताएका छन् ।
वीरगंज–१४ चिनीमिल पिपरामा आयोजना गरिएको श्री सीताराम नाम संकीर्तन, १०८ कुञ्ज नौ दिवसीय विष्णु महायज्ञको उद्घाटन गर्दै उनले धर्मनगरको रूपमा चिनिने पिपराको नृसिंह मन्दिर, पशुपतिनाथ मन्दिर परिसरमा आयोजित यस अनुष्ठानले धार्मिक सहिष्णुता बढाइ जनताबीच सद्भाव, स्नेह कायम हुँदै समाज रूपान्तरणको लागि सकारात्मक सन्देश प्रवाह गर्ने उनले बताए ।
प्राचीनकालमा भगवान् सीतारामको चरित्र र जीवनीको बारेमा कथाको माध्यमबाट वाचन गर्दै सकारात्मक सन्देश प्रसार गर्दै समाजलाई सुसज्जित, सहिष्णु र राम्रो बनाउन महायज्ञको धार्मिक अनुष्ठानले मदत गर्नेसमेत उनको धारणा थियो ।
महायज्ञ आयोजना मूल समितिका अध्यक्ष एवं वीरगंजका वरिष्ठ उद्योगपति मुरलीधर रूँगटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, महायज्ञका मुख्य प्राचार्य एवं जनकपुरधामका जगतनन्दन दास (पगलाबाबा), साध्वी लक्ष्मीमातालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक एवं उद्योगी अनिल रूँगटाले धन्यवाद दिएका थिए भने महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष रामप्रवेश कुर्मीले स्वागत गरेका थिए ।
कार्यक्रममा सङ्घीय सांसद अजय चौरसिया र प्रदीप यादव, प्रदेश सांसद एवं नेका पर्सा सभापति जनार्दनसिंह क्षत्री, प्रदेश सांसद श्याम पटेल, नेका पर्सा उपसभापति रामनारायण कुर्मीलगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads