search

‘एक ऐसा परवरिस’ भोजपुरी चलचित्र प्रदर्शन हुने

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १ फागुन/ भोजपुरी कथानक चलचित्र ‘एक ऐसा परवरिस’ आगामी शुक्रवारदेखि वीरगंजका सिनेमाहलमा प्रदर्शन हुने भएको छ ।
फिल्म निर्माण युनिटले आज नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी फागुन ४ गते शुक्रवारदेखि वीरगंजको त्रिमूर्ति सिनेमाहलमा चलचित्र प्रदर्शन हुने कार्यक्रम तोकिएको जनाएको छ । चलचित्र निर्माता शिवप्रसाद कुर्मीले ३० लाख लागत रहेको यो चलचित्र गत फागुनदेखि छायाङ्कन र निर्माण शुरू भएको बताए ।
चलचित्रमा दशरथ दिवाना, सौम्या पोखरेल, दीपनारायण शर्मा, आराध्य श्रीवास्तवलगायत कलाकारहरूको अभिनय छ । दुई घण्टा २२ मिनेट अवधिको चलचित्रमा पाँचवटा गीत रहेको छ । सुनील तिवारी निर्देशित यो चलचित्रको कथा कृष्ण हमराहीले लेखेका छन् । गीत सुरेश सावरिया र सङ्गीत चन्दनको छ ।
यो चलचित्रको गीतहरूमा इन्दु सोनाली, शेख सर्फुद्दीन, गोलु शुक्ला, गीताञ्जलि तिवारीलगायत गायक–गायिकाहरूको स्वर रहेको छ ।
पत्रकार सम्मेलनमा भोजपुरी गायक सुनील पण्डित, जीतु जीतेन्द्र, ओम आर्या, प्रकाश नेपाललगायत कलाकारहरूको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads