search

spot_img
spot_img

गान्धीदेखि बुद्धसम्म शान्ति पदयात्रा शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ फाल्गुन । गान्धीदेखि बुद्धसम्म शान्ति पदयात्रा वीरगंजबाट शुरू भएको छ । राष्ट्रिय भूमि अधिकार मन्च नेपाल, नेपाल एकता महिला समाज, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र एकता परिषद भारतले संयुक्त रूपमा यो पदयात्रा आयोजना गरेका हुन् ।
बुधवार भारतबाट आएका पदयात्रीहरूलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेपाल भारत मैत्री संघका अध्यक्ष अशोक वैद्य लगायतकाले नेपाल भारत सीमास्थित मितेरी पुलमा स्वागत गरेका थिए ।
कार्यक्रममा भारतीय अभियन्ता राजगोपाल पिभिले नगरप्रमुख सिंहलाई बिपन्न किसानको औजार हलो उपहार दिएका थिए ।
मेयर सिंहले शान्ति र सद्भावका लागि हुने सबै प्रयत्नमा आफ्नो ऐक्यबद्धता रहने बताए । उनले पदयात्रीहरूको शान्ति यात्राको सफलताको कामना गरे ।
पत्रकार चन्द्रकिशोरले महात्मा गान्धीले भारत छोडो आन्दोलनको शुरूवात वीरगंज नजिकको चम्पारणबाट गरेको र गौतम बुद्धले घरपरिवार त्याग गरेर हिडेको पहिलो रात वीरगंज नजिकको रामपूर्वा गाउँमा बिश्राम गरेको इतिहास रहेको उनले बताए ।
नयादिल्लीबाट शुरू गरेको पदयात्रामा भारतका करीब २ सय अभियन्ताहरू सहभागी रहेको बताए । त्यस पछि नेपाली तथा भारतीय शान्ति पदयात्री वीरगंज हुँदै परवानीपुरसम्म पैदल यात्रा गरेका थिए । त्यहाँबाट उक्त टोली बस चढेर काठमाडौंतर्पm लागेको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads