search

spot_img
spot_img

नेपालबाट भारत पुगेको ३७५ किलो गाँजा बरामद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ फागुन । वीरगंजको एकिकृत जाँच चौकी (आइसिपि) नाका हुँदै भारत पुगेको ३७५ किलो गाँजासहित एकजना नेपालीलाई भारतीय एसएसबीले पक्राउ गरेको छ । रक्सौलस्थित भारतीय आइसिपीको ४ नम्बर गेटबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ३ क्वीन्टल ७५ किलोग्राम गाँजासहित मकवानपुरका अम्बर बहादुरलाई बुधवार बिहान पक्राउ गरेको हो ।
वीरगंजको आइसिपी नाका हुदैं भारत रक्सौलको आइसिपीमा पुगेको ना ४ च ८९७८ नम्बरको पिकअप गाडीलाई एसएसबीले शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त पिकअप गाडीको पछाडि पट्टीको भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा भेटिएको एसएसबीका ४७ नम्बर कमाण्डेण्ट विकास कुमारले जानकारी दिए । प्लाष्टिकको टेपले बेरेर २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा बरामद भएपछि गाडीका चालक अम्बर बहादुर र गाँजासहितको गाडी नियन्त्रणमा लिइएको उनले बताए ।
यसअघि माघ २५ गतेपनि रक्सौल आइसिपीको त्यहि गेटबाट एसएसबीले नेपालबाट भारत भित्रयाउन लागिएको अवस्थामा २ क्वीन्टल ६ किलोग्राम गाँजा बरामद गरेको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

एसियाली खेलकुद जुर्खानी कुश्ती च्याम्पियनसिपमा पटेलको सहभागीता

वीरगंज, २१ असोज । इरानको उर्मिया शहरमा अक्टोबर ८ देखि ११ तारिखसम्म आयोजना हुने ७औं एसियाली जुर्खानी कुश्ती पहलवानी...

सम्बन्धित खबर

- Advertisement -neelambads