search

spot_img
spot_img

दुईवटा पुस्तकको समालोचना

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ फागुन/
नारायणी वाङ्मय प्रतिष्ठान, वीरगंजको आयोजनामा शनिवार पुस्तक समालोचना कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज महानगर–१५ सिद्धार्थ कलेजमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ, पर्साका सचिव विनयराज गौतमद्वारा लिखित ‘मृत्युको छहरीमा’ र राष्ट्रिय भाषा आयोगका सदस्य गोपाल अश्कद्वारा लिखित ‘कालो गुलाफ’ पुस्तकमाथि ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापकद्वय उमा मिश्र र रामप्रसाद पाण्डेले समालोचना गरेका थिए। दुवै कथा सङ्ग्रहका लेखक गौतम र अश्कले पुस्तक लेखनबारेमा सहभागीहरूलाई जानकारी गराएका थिए।
प्रतिष्ठानका अध्यक्ष डा विश्वम्भर शर्माको अध्यक्षतमा भएको कार्यक्रममा सचिव महेशचन्द्र गौतमले स्वागत र सत्येन्द्र यादवले सहजीकरण गरेका थिए। कार्यक्रममा विजय शर्मा, सचितानन्द सिंहलगायतको सहभागिता थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

गण्डक नहरमा पानी आयो,किसान हर्षित

राधेश्याम पटेल, परवानीपुर, १६ असार । नारायणी सिचाईँ व्यवस्थापन कार्यालय वीरगंजको गण्डक नहरमा शनिवारदेखि पानी आएको छ । हाल ७...

सम्बन्धित खबर

- Advertisement -neelambads