search

spot_img
spot_img

नेपालले खेल्ने विश्वकप लीग २ को चारवर्षे चक्र

पढ्न छुटाउनुभयो ?

विश्वकप क्रिकेट लीग २ को चारवर्षे चक्रको सुरुवात अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०१८ बाट गरेको हो। एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त असोसिएट राष्ट्रहरूबीच हुने यो प्रतियोगिताका खास दुई उद्देश्य छन्। पहिलो उद्देश्य असोसिएट ओडीआई राष्ट्रबीच बढीभन्दा बढी प्रतियोगिता होस्, जसले ती राष्ट्रहरूको स्तर वृद्धि गर्न सकियोस्। दोस्रो चाहिँ यो सन् २०२७ को एकदिवसीय विश्वकप पुग्ने बाटो पनि हो।

सन् २०१८ मा ओडीआई राष्ट्रको हैसियत प्राप्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली यो चक्रमा प्रवेश गरेसँगै नेपाली टोलीको स्तर वृद्धि भएको देखिएको छ। जानकारहरूले चारवर्षे यो प्रतियोगिताले नेपाली क्रिकेटको प्राण जोगाएको ठान्ने गरेका छन्।\

कोरोनाभाइरस महामारीले प्रतियोगिताको तालिका बिथोलिएपछि अन्तिम आठ खेल नेपालले स्वदेशी भूमिमै खेल्ने अवसर पायो। र नेपालले ती सबै खेल जितेर तेस्रो स्थानसँगै ओडीआई हैसियत मात्र जोगाएन एशिया कपमा पनि सिधै छनोट हुन सफल भयो।

त्यसबीचमा नेपाली क्रिकेटको प्रदर्शनमा सुधारसँगै टोलीले नेपाली समर्थकको मन पनि जित्न सफल भएको समर्थकहरूको भनाइ छ। अहिले सन् २०२३-२०२७ को चक्रको सुरुवात कीर्तिपुर मैदानबाट भइरहेको छ।

कस्तो छ तालिका
नेपालका क्रिकेट समर्थक
यस अघि सन् २०१८ को चक्रमा असोसिएट राष्ट्रहरूको सङ्ख्या सात थियो। जसमा नेपाल, नामिबिया, स्कटल्यान्ड, अमेरिका, ओमान, यूएई र पपुवा न्युगिनी थिए। अहिले सहभागी टोलीको सङ्ख्या आठ पुर्‍याइएको छ।

यस पटक सुपर लीगको टोली नेदरल्यान्ड्ससँगै गत सिजनका शीर्ष पाँच टोलीहरू स्कटल्यान्ड, ओमान, नेपाल, नामिबिया र अमेरिका छन्। प्ले अफबाट छनोट भएर आएका दुई टोली यूएई र क्यानडा पनि यो पटक प्रतिस्पर्धामा छन्।

अघिल्लो चक्रमा पनि एउटा राष्ट्रको भागमा ३६ खेल नै परेका थिए। तर अहिले सातवटा देशबाट एउटा थपिएर आठवटा भए पनि आइसीसीले खेल सङ्ख्या भने बढाएको छैन।

त्यसलाई मिलाउन आइसीसीले ‘होम’, ‘अवे’ तथा ‘न्यूट्रल भेन्यू’ मा खेल्ने तालिका बनाएको छ।

सामान्य ढङ्गले बुझ्दा एउटा देशले खेल्ने ३६ खेलमा घरेलु मैदानमा १२ खेल (३ शृङ्खला), अवे मैदानमा १२ खेल तथा न्यूट्रल भेन्यूमा १२ खेल हुनेछन्।

त्यसको लागि आइसीसीले कुल २४ शृङ्खलाको तालिका सार्वजनिक गरिसकेको छ।

नेपालले कहाँ कसरी खेल्नेछ?

प्रत्येक शृङ्खलामा तीन राष्ट्र र तीनवटै टोलीले ४/४ खेल खेल्ने भए। चार वर्षका बीचमा खेलिने सबै प्रतियोगिताको स्वरूप यही नै हुनेछ।

अब नेपालले घरेलु मैदानमा दुई शृङ्खलामा पाहुना टोलीलाई निम्त्याउन बाँकी छ।

तालिका अनुसार अब नेपालले अर्को वर्ष सन् २०२५ को नोभेम्बरमा ओमान र यूएईलाई काठमाण्डूमा बोलाउने छ भने अन्तिम घरेलु शृङ्खलाको रूपमा सन् २०२६ को नोभेम्बरमा स्कटल्यान्ड र अमेरिकालाई निम्त्याउनेछ।

अवे र न्यूट्रल भेन्यू

नेपालले अब यही वर्षको सेप्टेम्बरमा क्यानडाको भ्रमण गर्नेछ, जहाँ नेपाल, क्यानडा र ओमान भिड्ने छन्। लगत्तै अर्को महिना अक्टोबरमा अमेरिकामा गएर अमेरिका र स्कटल्यान्ड सम्मिलित टोलीसँग खेल्ने छ।

नेपालको पूरा शृङ्खला यस्तो छ।

२०२४ सेप्टेम्बर: क्यानडा (आयोजक), ओमान र नेपाल
२०२४ अक्टोबर: अमेरिका (आयोजक), स्कटल्यान्ड र नेपाल
२०२५ मे: स्कटल्यान्ड (आयोजक), नेदरल्यान्ड्स र नेपाल
२०२५ अक्टोबर: यूएई (आयोजक), अमेरिका र नेपाल
२०२६ अगस्ट: नेदरल्यान्ड्स (आयोजक), नामिबिया र नेपाल
२०२६ अक्टोबर: ओमान (आयोजक), क्यानडा र नेपाल
आइसीसीको यो क्यालेन्डर अनुसार क्यानडाले नेपालको भ्रमण गर्नुपर्ने छैन भने नेपालले पनि नामिबिया गएर खेल्नु पर्दैन।

चुनौती कस्ता

चारवर्षे यो चक्रको तालिकाअनुसार हरेक टोली वर्ष दिनभर व्यस्त हुने देखिन्छ। त्यस बीचमा यी राष्ट्रहरूबीच टी-२० शृङ्खला खेल्ने तालिका पनि छ।

गत चक्रमा नेपाल मध्यतिर पुग्दा छैटौँ स्थानमा झरेर निकै कमजोर अवस्थामा पुगेको थियो। नेपालभन्दा मुनि पपुवा न्युगिनी मात्र थियो।

यसपालिको चुनौती पनि उस्तै देखिन्छ। नामिबियासँगको पराजय तर नेदरल्यान्ड्स जस्तो असोसिएटको शीर्ष टोलीसँग पाएको प्रभावशाली विजयले अबको चार वर्षभरिको खेल रोचक हुने ठानिएको छ।- बीबीसी नेपाली

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads