search

spot_img
spot_img

बारामा सद्भाव र्याली

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ फागुन । बाराको कलैया र जीतपुरमा बुधवार बिहान धार्मिक सामाजिक सद्भाव र्रुयाली निकालिएको छ । कलैयामा जिल्ला प्रशासन कार्यालय बाराको अगुवाई र जीतपुरमा स्थानीय धार्मिक संघसंस्थाको आयोजनामा सद्भाव र्याली निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय परिसरबाट निकालिएको सद्भाव र्रुयालीले कलैयाको बजार क्षेत्र परिक्रमा गरेको थियो । रौतहटको ईशनाथ नगरपालिका फाल्गुन ३ गते दुर्ई पक्षबीच भएको झडपको बिषयलाई लिएर सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै प्रशासनको अगुवाईमा सद्भाव र्याली निकालिएको हो ।
सामाजिक एकता र सद्भाव कायम रहेको सन्देश दिन निकालिएको र्रुयालीमा विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, खेलाडी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।
यसअघि मंगलवार स्थानीय प्रशासन र बारामा क्रियाशिल राजनीतिक दलबीच सामाजिक सद्भाव बिग्रन नदिनका लागि छलफल भएको थियो । उक्त छलफलमा सामाजिक तथा धार्मिक एकता कायम राख्न प्रतिवद्धता जनाएका १२ राजनीतिक दलले संयुक्त अपिल समेत जारी गरेका थिए । यता जीतपुरमा निकालिएको र्यालीले बजार परिक्रमा गर्दै सामाजिक धार्मिक सहीष्णुता कायम राख्न सन्देश दिएको थियो । र्रुयालीमा सर्वपक्षीय सहभागीता रहेको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ, ३१ साउनः अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads