search

spot_img
spot_img

मधेस प्रदेशमा सात महीनामा २९० जनाको मृत्यु १२ करोड बढी राजस्व सङ्कलन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ फागुन । चालू आवको सात महीनामा सवारी दुर्घटनामा परी मधेस प्रदेशमा २९० जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले जनाएको छ ।
आव २०८०/८१ को साउनदेखि माघसम्म सात महीनाको अवधिमा मधेस प्रदेशमा तीन हजार ६१२ वटा सवारी दुर्घटनामा परी २९० जनाको मृत्यु भएको र पाँच हजार ७२६ जना घाइते भएका दुर्घटनामा परी पाँच हजार ७२६ जना घाइते भएका ट्राफिक प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताए ।
प्रउ बोगटीका अनुसार सो अवधिमा सप्तरीमा ३५३ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो भने ५५२ जना घाइते भएका छन् । यस्तै, सिराहामा ६७९ वटा दुर्घटनामा ३३ जनाले ज्यान गुमाए भने एक हजार ७५ जना घाइते भएका थिए । धनुषामा ६९५ वटा दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो भने एक हजार ८५ जना घाइते भएका थिए । महोत्तरीमा २८१ वटा दुर्घटनामा ३८ जनाको मृत्यु र ४२६ जना घाइते, सर्लाहीमा ४१२ वटा दुर्घटनामा ३७ जनाको मृत्यु र ६६५ जना घाइते, रौतहटमा ३५८ वटा दुर्घटनामा ३० जनाको मृत्यु र ५५९ जना घाइते, बारामा ५४७ वटा दुर्घटनामा ५६ जनाको मृत्यु र ९५३ जना घाइते तथा पर्सामा २८७ वटा दुर्घटनामा ३० जनाको मृत्यु र ४११ जना घाइते भएका प्रउ बोगटीले बताए ।
यसै अवधिमा प्रहरीले एक लाख ४१ हजार १३१ वटा सवारीसाधनलाई कारबाई गर्ने क्रममा १२ करोड सात लाख ८७ हजार ७०२ रुपैयाँ जरिवाना असुल गरेको छ ।
साउनदेखि माघसम्म सात महीनामा ट्राफिक प्रहरी, पथलैयाले ११ हजार ६६८ वटा सवारीसाधनलाई कारबाई गरी एक करोड ३६ लाख ८० हजार जरिवाना असुल गरेको छ भने ट्राफिक प्रहरी कार्यालय, सप्तरीले १३ हजार ९१८ वटा सवारीसाधनलाई कारबाई गरी ९८ लाख १२ हजार एक सय जरिवाना असुल गरेको छ । त्यस्तै, ट्राफिक प्रहरी कार्यालय सिराहाले १८ हजार ७०१ वटा सवारीसाधनबाट एक करोड ५१ लाख ७० हजार १००, धनुषाले १६ हजार ४१० सवारीसाधनबाट एक करोड चौबीस लाख ३९ हजार ५००, महोत्तरीले १९ हजार ९७५ सवारीसाधनबाट एक करोड ७१ लाख ९५ हजार २५०, सर्लाहीले १४ हजार ९९६ वटा सवारीसाधनबाट एक करोड ३२ लाख नौ हजार ५००, रौतहटले १२ हजार ७३७ सवारीसाधनबाट एक करोड १० लाख ६५ हजार ५००, बाराले १९ हजार ७९९ वटा सवारीसाधनबाट एक करोड ६३ लाख १५ हजार, पर्साले १२ हजार ९२७ वटा सवारीसाधनबाट एक करोड २९ लाख ७५२ गरी कुल सात महीनामा १२ करोड सात लाख ८७ हजार ७०२ जरिवाना असुल गरेको ट्राफिक प्रउ बोगटीले बताए ।
प्रउ बोगटीका अनुसार जरिवाना असुली आफूहरूको उद्देश्य नरहेको बताए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्नु नै ट्राफिक प्रहरीको प्रमुख लक्ष्य रहेको र सवारी नियम पालना गराउने क्रममा चालकहरूलाई जरिवाना गर्नुपर्ने बाध्यता रहेको बताए । यसै अवधिमा छ हजार १५४ वटा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको उनले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बेलहियामा वडा अध्यक्षको कारणले जनता दुःखमा

राधेश्याम पटेल, वीरगंज, १ भदौ । बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्षको उदासिन्ताको कारण जनताहरु सास्ती खेपिरहेका...

सम्बन्धित खबर

- Advertisement -neelambads