search

वीरगंजमा भव्यताका साथ जगन्नाथ यात्रा निकालियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ फागुन/ अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) वीरगंजको आयोजनामा वीरगंजमा पहिलोपटक श्रीजगन्नाथ रथयात्रा निकालिएको छ ।
भारतको उडिसा राज्यको जगन्नाथपुरीमा वर्षाैदेखि निकालिंदै आएको यो रथयात्रा पछिल्लो समयमा नेपालको काठमाडौं र विराटनगरमा निकालिंदै आएको थियो । शनिवार पहिलोचोटी वीरगंजमा रथयात्रा आयोजना गरिएको हुँदा ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता थियो । घण्टाघरबाट भव्यताका साथ निस्केको रथयात्रा मेनरोड माईस्थान, आदर्शनगर, अलखियामठ, कैलासरोड, वीरगंज महानगरपालिका, ठाराबक्याम्पस, स्वीमिङ्गपुल हुँदै आदर्शनगरस्थित पुरानो बसपार्कमा पुगेर समापन भएको थियो ।
रथयात्रामा सहभागी भक्तजनलाई महाप्रसादको पनि व्यवस्था गरिएको थियो । इस्कोन नेपालका प्रमुख पत्री दासको संयोजनमा भएको कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, विभिन्न मठमन्दिरका पुजारी, धार्मिक सङ्संस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवा र नेपाल–भारतबाट श्रद्धालुहरूको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

नाबालिकाको विवाह चिनियाँ नागरिकसँग गराउन खोज्ने बुबासहित दुई पक्राउ

वीरगंज, ११ मंसिर । नाबालिकाको विवाह चिनियाँ नागरिकसँग विवाह गर्ने र गराउने दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले...

सम्बन्धित खबर

- Advertisement -neelambads