search

केडिया आँखा अस्पतालले ४९औं वार्षिकोत्सव मनायो

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १२ फागुन/ रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुरले ४९ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालको सभाहलमा आयोजित समारोहको उद्घाटन गर्दै वीरगंजका समाजसेवी एवं उद्योगी मुरलीधर रूँगटाले मध्यतराईका जिल्लाका साथै छिमेकी भारतीयहरूले पनि अस्पतालबाट सेवा लिंदै आएको बताए । उनले अस्पतालले सामाजिक उत्थानमा प्रभावकारी भूमिका निर्वाह गरेको बताए । उनले आगामी दिनमा पनि यस अस्पतालको सेवा प्रभावकारी बनाउने बताए ।
कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले अस्पतालले ५० वर्ष प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै सबैलाई बधाई दिए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश केडियाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका वरिष्ठ प्रशासक प्रकाशकुमार वर्माले ४९ वर्षको उपलब्धिबारे चर्चा गरेका थिए । कार्यक्रममा नेपाल नेत्र ज्योति सङ्घ पर्साका सभापति भगवतीप्रसाद चौधरी, परमेश्वरीदेवी केडिया, डा सरिता यादव, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार केडिया, रमेश अग्रवाल, सुनील केडियालगायतको सहभागिता थियो ।
अस्पतालले हालसम्म २३ लाख व्यक्तिको आँखा जाँच र साढे पाँच लाख आँखाको शल्यक्रिया गरेको बताइएको थियो । सो अवसरमा अस्पतालका नेत्र विशेषज्ञ डा गोविन्द गुरुङ, अप्थालमिक असिस्टेन्ट लालबाबू पटेल, आई वर्कर राजेशबहादुर अधिकारीलाई सम्मानित गरिएको थियो । सो अवसरमा राजमार्गमा हिंड्ने सवारी चालकहरूको आँखा परीक्षण गरिएको थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads