search

spot_img
spot_img

बाराबाट २१ लाख हुन्डीको रकमसहित पाँचजना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा पाँचजनालाई २१ लाख नगदसहित पक्राउ गरेको छ ।
सूचनाको आधारमा प्रहरीले शुक्रवार कलैया उप–महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट रंजित सर्राफलाई पाँच लाख रकमसहित पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
सर्राफले कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सर्राफसंगै थप तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलमा बस्ने वर्ष २९ को रंजित सरार्पm, कलैया उ.म.न.पा.वडा न.७ मा बस्ने वर्ष ३१ को कलामुदिन अंसारी, महागढीमाई न.पा.वडा न.१ मा बस्ने वर्ष ३९ को मेराजुल हक अंसारी । पक्राउ परेका दुवैजना आसिफ मनि चेन्जर संचालक रहेको प्रहरीले जनाएको छ ।
यसैगरी सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छत्वा, बाराले आइतवार विश्रामपुर गाँउपालिका वडा नं. १ छत्वा कल्याणपुर सुलिगेटबाट १६ लाख ९ हजार रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपाल आउदै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम स्यामपुर बस्ने वर्ष ४२ को कृष्ण लाल प्रसाद, र ग्राम अरेरा बस्ने वर्ष ४० को रबिशंकर सिंह रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचैजनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धीको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads