search

spot_img
spot_img

बिहारकी चेली नेहा चौबे लगातार गोल्डमेडल जित्दै

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २९ फागुन/ डुङ्गा दौड प्रतियोगितालाई वाटर स्पोट्र्स आर्ट एन्ड कायाकिङ खेलको रूपमा चिनिन्छ । यो खेल नदी, सागर र तालतलैया भएको क्षेत्र एवं देशमा बढी लोकप्रिय छ । यसै खेलमा भारत, बिहारकी एक चेली गम्भीर भएर लागेकी छन् । अरेराज स्थायी घर भएकी नेहा चौबे विगत पाँच वर्षदेखि भारतको राज्यस्तरमा मध्य प्रदेशको लागि लगातार गोल्ड मेडल जितिरहेकी छन् ।
उनले भारतमैं अब्बल कायाकिङ खेलाडीको रूपमा आफूले पहिचान हासिल गरेको बताइन् । आफ्नी दिदीको घर वीरगंज आएकी १८ वर्षीया नेहाले प्रतीकसँगको कुराकानीमा भनिन्, “बुबा रतेन्द्र चौबे ३० वर्षदेखि मध्य प्रदेशकै सिघ्रौलीमा सौर्य ऊर्जा प्लान्टमा काम गर्नुहुन्छ, हामी सबै उतै हुर्केका हौं, विद्यालयकालदेखि नै यो अनौठो खेलतर्फ आकर्षित भएँ ।”
बिए तेस्रो वर्षमा मध्य प्रदेशकै भोपालमा अध्ययनरत नेहा भोपालमैं कायाकिड्ढो राज्य सरकारको एकेडेमीमा बसेर पढाइ र खेल खेलिरहेको बताइन् । उनले स्नातक तह पूरा गरेपछि भारतीय सेना, प्रहरी, नेवी, रेलवेलगायत क्षेत्रतर्फ जागीरको लागि आवेदन गर्ने सोच पनि बनाएको चर्चा गर्दै खेल्ने समयसम्म अन्तर्राष्ट्रियस्तरमा कायाकिङ खेलाडीको रूपमा मेडल जित्ने सपना सजाएको पनि बताइन् ।
सन् २०१७ मा चीनमा सम्पन्न कायाकिङ वल्र्ड च्याम्पियनशिपमा उनले भारतको तर्फबाट चौथो स्थान ल्याए तापनि मिहिनेत जारी राखेको उनले बताइन् । कक्षा ५ देखि एथलेटिक्स र अन्य खेलप्रति मोह भए तापनि कायाकिङ खेलको खेलाडी राज्यस्तरमा उत्पादन गर्न र दक्षिण भारतमा लोकप्रिय खेल भएर कायाकिङतर्फ नै आफूलाई खेल्न सल्लाह दिंदा आफू यो खेल खेल्न थालेको बताइन् ।
अहिले उनको सबै खर्च राज्य सरकारले बेहोर्छ, साथै सालमा राज्यस्तरमा हुने प्रतियोगितामा गोल्ड मेडल जित्दा रु तीन लाख पुरस्कार पाउने गरेको उनले बताइन् । देशको लागि खेल्ने खेलाडीलाई सरकारी सेवा क्षेत्रमा सहजै नोकरी पाउने भएकोले बुबाआमाले छोरी भएर पनि खेलाडी बन्न प्रेरित गरेको बताइन् ।
उनले खेलजीवनबाट अवकाश पाउने बेला बिहार राज्यमा कायाकिङ खेलको प्रशिक्षकको रूपमा काम गर्ने सोच राखेकी छन् । छोरी भएर केही हुँदैन, उचित वातावरण दिएको खण्डमा छोराभन्दा कम छोरी छैनन् भनेर सबै अभिभावकलाई छोराछोरीबीच समान व्यवहार गर्न अपीलसमेत उनले गरिन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads