search

spot_img
spot_img

बेहुलाले बेहुलीको खुट्टा समात्दा पनि कुरा मिलेन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ फागुन/ वीरगंजमा बेहुलाले सिक्री नपाएको विषयमा उत्पन्न विवादका कारण विवाह भाँडिएको घटनामा बेहुलाले बेहुलीको खुट्टा समातेर क्षमायाचना गर्दासमेत बेहुली पक्ष मानेको छैन । बेहुली पक्ष नमानेर पर्सा प्रहरीमा दाइजो मुद्दामा जाहेरी परेर आवश्यक कारबाही अघि बढेको बेहुला पक्षले जानकारी गराएको छ । बेहुलाको घर बारा, कलैया उपमहानगरपालिका–४ का बासिन्दा एवं सो वडाका पूर्वअध्यक्ष जटाशङ्कर सहनीले कुरा नमिल्दा अन्त्यमा मुद्दा दर्ता भएको जानकारी गराए ।
साँझ ५ बजे बेहुली पक्षले जाहेरी दर्ता गराएपछि विवाह औपचारिकरूपमा भाँडिएर मुद्दामा गएको जानकारी गराए । “हामी बिहान ३ बजेदेखि नै बेहुला र बेहुली पक्षबीचको झगडाको विषयमा गम्भीर भएका थियौं, यस्तो घटनाले समाजमा नकारात्मक सन्देश दिन्छ,” उनले भने, “त्यस कारण पुनः विवाह गराउने र विवाद साम्य पार्न पहल गरेका थियौं, तर असफल भयौं ।”
गहनाको विषयमा कनिया निरीक्षण (वरमालापछि विवाहपूर्व गरिने विधि)मा दुवै पक्षबीच झगडा हुँदा कुटाकुट भएको थियो । त्यसपछि बेहुली पक्षले प्रहरी बोलाएर बेहुला पक्षका छजनालाई नियन्त्रणमा लिए पनि पाँचजनालाई विरोधी बनाएर जाहेरी दर्ता भएको पर्सा प्रहरीका प्रवक्ता प्रनाउ कुमारविक्रम थापाले जानकारी गराए । उनले दाइजो मुद्दामा थप आवश्यक कारबाही अघि बढेको बताए । यता, बेहुला उमेश साह गोढका भिनाजु, बारा, परवानीपुर–५ नौतन बस्ने आनन्द साह भन्ने रामएकबाल साहका बुबा लालजी साह गोढले आफूहरू दाइजोको विरोधी भए तापनि यो घटनामा बेहुला पक्षलाई एकोहोरो दोषी बनाउन लागिएको आरोप लगाए ।
त्यसैगरी, साझा विवेकशील पार्टीका बारा अध्यक्ष एवं बेहुला पक्षका अधिवक्ता डा सुशील साहले दाइजोको मुद्दा अघि बढे तापनि दाइजोको मुद्दा अदालतमा पुष्टि गर्न जटिलता रहेको प्रतिक्रिया दिए । उनले दाइजो लिनेदिने दुवैलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे । बेहुली पक्षले पनि धैर्यता नअपनाउँदा विवाह नै बर्बाद भएको उनले जिकिर गरे ।
पर्सा, वीरगंज–२४ रामगढवाकी एक युवतीसँग वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरमा कार्यरत उमेशको विवाह एक वर्ष अघि तय भए तापनि शुरू देखि नै लेनदेनमा विवाद हुँदै आएको विवाह गराउने अगुवाहरूले बताएका छन् । कानून अनुसार दाइजोको मुद्दा पुष्टि भएमा दोषीलाई तीन वर्षसम्म कैद र रु ३० हजार जरिवाना हुने व्यवस्था छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

डुबेर दुई बालकको मृत्यु

पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ...

सम्बन्धित खबर

- Advertisement -neelambads