परवानीपुर, १ चैत/ नारायणी सिंचाइ व्यवस्थापन कार्यालय गण्डक डिभिजन अन्तर्गत गण्डक नहरका १५ वटा ब्लकमध्ये दुईवटा ब्लकमा मात्र जल उपभोक्ता समिति सक्रिय छ । बाँकी १३ वटा समिति निष्क्रिय छ ।
पर्साको २ र बाराको १० नम्बर ब्लकमा मात्र समिति सक्रिय छ । बाँकी अन्यमा समिति निष्क्रिय रहेको बुझिएको छ । निष्क्रिय समितिलाई निर्वाचन गराएर सक्रिय बनाउन जल उपभोक्ता समिति गठन प्रक्रिया शुरू भएको छ । यसै विषयमा नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले बिहीवार सरोकारवालाको सहभागितामा अन्तत्र्रिmया सम्पन्न गरेको छ ।
पर्साका १, ४, ५ र बाराका ७, ८, ९ गरी छवटा ब्लकमा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय भएको अन्तत्र्रिmयामा सहभागीहरूले बताएका छन् । समिति सक्रिय नरहँदा पानी बाँडफाँड, पानी पोत उठाउन समस्या, कुलो नहरको मरम्मत, संरक्षणलगायतका काम हुँदैनन् । ८१ किलोमिटर लम्बाइको गण्डक नहरमा १५ वटा ब्लक, १६ वटा एमएसी (मेन सेकेन्ड्री क्यानल) र दर्जनौं सङ्ख्यामा बिएससी (ब्रान्ड सेकेन्ड्री क्यानल), एसएससी (सबसेकेन्ड्री क्यानल) र सयौंको सङ्ख्यामा टिसी (टर्सरी क्यानल) रहेका छन् ।
ती सबैका सेवासुविधा सहजरूपमा प्रदान गर्नको लागि ब्लकमा जल उपभोक्ता समितिलाई सक्रिय बनाउनुपरेकोले निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय भएको नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका सङ्गठनकर्ता मिश्रीलाल यादवले बताए ।
कार्यालय प्रमुख मनोरञ्जन सिंहको अध्यक्षतामा भएको अन्तत्र्रिmया कार्यक्रममा सूचना अधिकारी इन्जिनीयर सुरेशप्रसाद साह, पर्साका शैलेन्द्रकुमार यादव, धर्मेन्द्र पटेल, सोनालाल पटेल, बाराबाट बङ्काबहादुर महतो, राधेश्याम साह, ब्रह्मदेव यादवलगायत किसान प्रतिनिधिहरूको सहभागिता थियो ।

Facebook Comments Box