search

spot_img
spot_img

काली कम्बलवाला बाबाको शिविरमा प्रहरी हस्तक्षेप

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ चैत/ वीरगंज चिनी कारखानाको खाली जग्गामा सञ्चालित भारतीय काली कम्बलवाला बाबाको शिविरमा आइतवार प्रहरीले हस्तक्षेप गरी बन्द गराएको छ ।
बाबालाई पर्सा प्रहरीले नियन्त्रणमा लिन खोज्दा कथित भक्तजनहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । आज दिउँसो शिविरमा प्रहरीले हस्तक्षेप गरी बाबालाई नियन्त्रणमा लिई बेपत्ता बनाएको शिविरमा आएका मानिसहरूको भनाइ छ । यता प्रहरीले पनि बाबा कहाँ गएको भनी थाहा नभएको बताएको छ । शिविरमा क्यान्सर, उच्च रक्तचाप, पत्थरी, गुङ्गो अन्धो, लुलो, मधुमेहलगायतका बिरामीहरूलाई कालो कम्बलले छुना साथै निको हुने भन्दै नेपाल र भारतबाट हजारौंको सङ्ख्यामा बिरामीहरू पुगेका थिए । गत चार दिनदेखि निश्शुल्क सञ्चालित शिविरमा बिरामीहरू निको भएका कसैले ठोकुवा गर्न सकेन । वर्षौंदेखि हिंड्न नसक्ने बिरामीहरू बाबाले कालो कम्बलले छुना साथै तथा आर्शीवाद दिएपछि निको हुने अन्धविश्वास बोकेर भारतबाट आएका बिरामी तथा कुरुवाहरूको सो क्षेत्रमा दैनिक भीड लाग्ने गरेको थियो ।
बाबालाई नियन्त्रणमा लिई प्रहरीले बेपत्ता बनाएपछि गण्डकदेखि पावरहाउस चोकसम्मको सडकखण्ड एक घण्टा जाम भएको थियो ।
आयोजकमध्येका एकजनाले शिविर सञ्चालन भएपछि वीरगंजका अस्पताल खाली भएपछि चिकित्सकहरूको निर्देशनमा शिविरमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads