search

spot_img
spot_img

श्रम कार्यालयका प्रमुख मजदूरको घेरामा

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ५ चैत/ श्रम तथा रोजगार कार्यालयका प्रमुख रुद्रनारायण साहलाई हिजो मजदूरहरूले आधा घण्टा गाडीमैं घेराउ गरेको समाचार छ ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा मासिक कर्मचारी बैठकमा जाने क्रममा हिजो दिउँसो ४ बजे ब्रिटानिया नेपाल प्रालिका मजदूरहरूले प्रमुख साहलाई कार्यालयबाट जाने क्रममा गाडीमा बसेपछि आधा घण्टा घेराउ गरेको एकजना मजदूर नेताले बताए । ब्रिटानिया नेपाल प्रालिका मजदूरहरूले चार वर्षदेखि कारखानाले वितरण गरेको बोनसको सूची माग गरेकामा दुई महीनादेखि सो उपलब्ध नगराएको विरोधस्वरूप हिजो घेराउ गरेका थिए । हिजो घेराउ गरिएपछि आज मजदूरहरूले दिएको निवेदन अनुसार गत वर्षको बोनस सूची मात्र उपलब्ध गराइएको छ । मजदूर नेताले तीन वर्षको सूची आगामी केही दिनमा उपलब्ध गराउने आश्वासन पाएको बताए ।
ती मजदूर नेताले प्रमुख साह कार्यालय समयमा प्रायः नबस्ने र मजदूरभन्दा रोजगारदाताको हितमा काम गर्दै आएको आरोप लगाएका छन् । अहिले निम्बस, पाना पेपर र दुर्गा पल्सलगायतका कारखानामा मजदूर निष्कासनको विषयलाई लिएर विवाद भइरहेको र हडताल जारी रहे पनि मजदूरहरू माग पूरा गराइ कारखाना सञ्चालनमा ल्याउने प्रयत्नमा प्रमुखले चासो नराखेको आरोप पनि छ । प्रमुख साहको गतिविधि मजदूरमैत्री भन्दा मालिकमैत्री भएको कारण समस्याको समाधान हुन नसकेको मजदूरहरूको आरोप छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads