परवानीपुर, ५ चैत/ वीरगंज चिनी कारखानाको खाली जग्गामा सञ्चालित भारतीय काली कम्बलवाला बाबा आफैं भागेको कुरा प्रकाशमा आएको छ ।
आयोजकले भीड नियन्त्रण गर्न नसकेको र जथाभावी लुटतन्त्र मचेको चाल पाएपछि आयोजकले प्रहरीको सहारा लिएर बाबालाई भगाएको कुरा बाहिरिएको छ ।
चैत १ गतेदेखि निश्शुल्क उपचार शिविर सञ्चालन गरेका काली कम्बलवाला बाबाको शिविरमा लगातार दोस्रो, तेस्रो र चौथो दिन मानिसहरूको भीड बढ्दै थियो । आयोजकले भीड नियन्त्रण गर्न नसक्दा बाबासँग उपचार गराउन आउनेहरूबीच नै तँछाडमछाड मचिन थाल्यो । शिविरभित्रको अवस्था यस्तो थियो भने बाहिर आयोजकबाहेकका मानिसहरू विभिन्न ठगीधन्धामा थिए ।
पिउने पानी, पार्किङ शुल्क र महालक्ष्मी महायन्त्रम्को नाममा ठगीधन्धा भइरहेको थियो । महालक्ष्मी महायन्त्रम् एउटाको १६ सय रुपैयाँ लिन थालिएको थियो । यसैगरी हवनका लागि भनेर छुट्टै दुई हजार नेपाली सङ्कलन गरिएको बताइएको छ । उपचार गर्न आउनेहरूले भने त्यहाँ राखिएको दानपेटीमा स्वेच्छाले रकम दान गरे पनि दैनिक हजारौं रुपैयाँ सङ्कलन हुने गरेको थियो । आयोजकको काबुबाहिर शिविर गएपछि स्थानीय प्रहरी, प्रशासनमा गुहार गरेर शुरूमा बाबालाई चिया पिउने निहँुमा बाहिर निकालिएको थियो र प्रहरीले उनलाई सीमा पार रक्सौल पु-याएको स्रोतले जनाएको छ ।
बाबा शिविरबाट बेपत्ता भएपछि उपचारका लागि आएका मानिसहरूले बाबालाई प्रहरीले नियन्त्रणमा लिएको भनेर राजमार्ग अवरोध गर्नुका साथै प्रहरीमाथि जाइ लागेका थिए । सो क्रममा प्रहरीलाई भीड नियन्त्रण गर्न समस्या भएको थियो । करीब डेढ घण्टाको रस्साकस्सीमा सो क्षेत्र हिजो तनावग्रस्त रह्यो ।
पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बाबालाई प्रहरीले नियन्त्रणमा नलिएको बताएका थिए । शिविरमा क्यान्सर, उच्च रक्तचाप, पत्थरी, लाटोपन, अन्धो, लुलो, मधुमेहलगायतका बिरामीहरूलाई कालो कम्बलले छुना साथै निको हुने भन्दै नेपाल र भारतबाट हजारौंको सङ्ख्यामा अन्धविश्वासी मानिसहरू ओइरिएका थिए । चार दिनसम्म सञ्चालित शिविरमा बिरामी निको भएको कसैले ठोकुवा गर्न सकेन ।

Facebook Comments Box