search

चैनपुर प्रिमियर क्रिकेटः रोयल च्यालेन्जर्स विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ चैत/ चैनपुर परिवारको आयोजनामा परवानीपुर गाउँपालिकाको सहयोगमा प्रथम चैनपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा रोयल च्यालेन्जर्स विजयी भएको छ ।
रोयल च्यालेन्जर्स चैनपुर र शिवपुर टाइगर्सबीचको खेलमा रोयल च्यालेन्जर्स चैनपुरले टस जितेर शिवपुर टाइगर्सलाई ब्याटिड्ढो निम्तो दिएपछि शिवपुरले निर्धारित १६ ओभरको खेलमा सात विकेटको क्षतिमा १४३ रन बनाएको थियो ।
१४४ रनको विजयी लक्ष्य पाएको रोयल च्यालेन्जर्स चैनपुर १५ ओभरमा तीन विकेटको क्षतिमा १४४ रन बनाएर विजयी भयो ।
रोयल च्यालेन्जर्स चैनपुरका राजन साहले ३२ बलमा ६७ र अशोक साहले ४५ बलमा ३८ रन बनाएका थिए । आजको खेलमा राजन साह ‘म्यान अफ दी म्याच’ घोषित भए । भोलि मङ्गलवार चैनपुर क्यापिटल र चैनपुर इगलबीच खेल हुने आयोजक क्लबका अध्यक्ष प्रदीप महतोले बताए ।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads