search

मोस्ट वान्टेड भारतीय दुई अपराधीलाई गोली हानी पक्राउ गर्न प्रहरी सफल

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, ६ चैत: मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारतकाे बिहार सीतामढी सैयाराग्रामका २८ बर्षिय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट अमेरिकन पेस्ताेल १ थान र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न साेमबार राति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार जितेन्द्रलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरीका एक अधिकृतले बताए । गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । उनका दुबै खुट्टामा गोली लागेको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुले मंगलबार पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने भन्दै अहिले नै यो विषयमा केही भन्न नसकिने बताए ।
प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न छन् ।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads