search

मेरीगोल्ड फुटसल प्रतियोगिता अन्तर्गत छवटा खेल सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ चैत/ वीरगंज महागनरपालिका–५ स्थित हाम्रो फुटसलको आयोजनामा मङ्गलवार मेरीगोल्ड फुटसल प्रतियोगिता–२०८० अन्तर्गत छवटा खेल सम्पन्न भए ।
पहिलो खेलमा नेशनल मेडिकल कलेजले वीरगंज पब्लिक कलेजलाई ७–५ गोलअन्तरले पराजित ग-यो । यस खेलको ‘म्यान अफ दी म्याच’ नेशनलका किस्मत कोइराला घोषित भए ।
दोस्रो खेलमा ठाकुर राम बहुमुखी क्याम्पसले ग्लोबल बिजनेश कलेजलाई १८–१ गोलअन्तरले पराजित ग-यो । यस खेलमा ठाराबका देवनारायण चौधरी ‘म्यान अफ दी म्याच’ घोषित भए ।
तेस्रो खेल मेरीगोल्ड र पिसजोन एकेडेमीबीच भएको ४/४ गोलले बराबरी भयो । यस खेलमा पिसजोनका मोहन चौधरी ‘म्यान अफ दी म्याच’ घोषित भए ।
चौथो खेलमा वीरगंज पब्लिक कलेजले ग्लोबल बिजनेश कलेजलाई ३१–१ गोलअन्तरले पराजित ग-यो । यस खेलमा बिपिसीका आरभ चौरसिया ‘म्यान अफ दी म्याच’ भए ।
पाँचौं खेलमा ठाराब क्याम्पसले नेशनल मेडिकल कलेजलाई ५–४ गोलअन्तरले पराजित ग-यो । यस खेलमा ठाराबका इमाम हुसैन अन्सारी ‘म्यान अफ दी म्याच’ घोषित भए ।
छैटFैं खेलमा वीरगंज पब्लिक कलेजले नेशनल मेडिकल कलेजलाई ३–२ गोलअन्तरले पराजित ग-यो । यस खेलमा बिपिसीका आशिष ताम्राकार ‘म्यान अफ दी म्याच’ घोषित भए ।
Facebook Comments Box

ताजा खबर

बारा प्रहरीले मध्यराति रोक्यो चिनियाँ–मुस्लिम बालविवाह, ३ जना पक्राउ

वीरगंज , मंसिर - ११ बाराको करैयामाई गाउँपालिका–१, हरैयाबाट प्रहरीले चिनियाँ नागरिक र मुस्लिम समुदायकी नेपाली नाबालिग बालिकाबीचको विवाह रोकेको...

सम्बन्धित खबर

- Advertisement -neelambads