search

परवानीपुर गोल्डकपः वीरगंज युनाइटेड र हेटौंडा फाइनलमा

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ८ चैत/ तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा वीरगंज युनाइटेड क्लब र हेटौंडा फूटबल एकेडेमी मकवानपुर भिड्ने भएका छन् ।
शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न दुईवटा सेमिफाइनल खेलमा वीरगंज युनाइटेड क्लब र हेटौंडा फूटबल एकेडेमी मकवानपुर विजयी भएर फाइनलमा पुगेका छन् ।
हिजो वर्षाका कारण स्थगित परवानीपुर खेलमैदानमा आजको पहिलो सेमिफाइनल खेलमा वीरगंज युनाइटेड क्लबले वीरगंज युथ एकेडेमीलाई सडेन डेथमा शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
निर्धारित समयमा दुई/दुई गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । टाइब्रेकरमा पनि दुवै टीमले समान तीन/तीन गोल गरेका थिए । त्यसपछि सडेन डेथमार्फत निर्णय गर्दा वीरगंज युनाइटेड क्लबले वीरगंज युथ एकेडेमीलाई शून्यका विरुद्ध एक गोलअन्तरले हराएको हो ।
यस खेलको ‘म्यान अफ दी म्याच’ वीरगंज युनाइटेड क्लबका गोलकीपर दिलमणि चौधरी घोषित भए र उनलाई पर्सागढी निवासी जीतेन्द्र यादवले नगद दुई हजार एक सयसहित शिल्ड प्रदान गरेका थिए ।
यसैगरी, आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फूटबल एकेडेमी मकवानपुरले बाग्मती फूटबल क्लब सर्लाहीलाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
पहिलो हाफको २७औं मिनेटमा हेटौंडाका खेलाडी प्रकाश पुनले पेनाल्टी गोल गरेका थिए । खेलको ३६औं मिनेटमा हेटौंडाकै दिवस श्रेष्ठले दोस्रो गोल गरे । बाग्मतीका कपिल मगरले खेल समाप्तीको दुई मिनेट अघि एक गोल गर्न सके ।
दोस्रो सेमिफाइनलमा हेटौंडाका कप्तान प्रताप तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए । उनलाई नेकपा एमालेका मधेस प्रदेश कमिटीका सदस्य मोबिन आलमले नगद दुई हजार एक सय र शिल्ड प्रदान गरे ।
भोलि शुक्रवार निजगढ महिला फूटबल क्लब र वीरगंज युथ महिला फूटबल टीमबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुनेछ भने प्रतियोगिताको फाइनल खेल चैत १० गते शनिवार हुनेछ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads