search

रास्वपाको होली मिलन कार्यक्रम सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउँपालिकाले होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
छिपहरमाई गाउँँपालिका वडा नं १ मिर्जापुर बजारमा होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा होलीको शुभकामना अदानप्रदान गर्नुको साथै एक आपसमा भाइ चारा कायम गरि होलि मनाउन बक्ताहरूको जोड रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि स्थानीय दलित समुदायका ज्येष्ठ नागरिक बनारसी महराको प्रमुख अतिथ्यमा भएको कार्यक्रम पर्सा क्षेत्रनं ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्राको सभापतिवमा सम्पन्न भएको थियो ।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ, वीरगंजका अध्यक्ष्F तथा पार्टीका केन्द्रीय पर्यटकीय विभाग सचिव हरि पन्तले होली पर्व सभ्य र भव्यपूर्वक मनाउन आग्रह गरे ।
होटल व्यवसायी महासंघका केन्द्रीय सचिवसमेत रहेका पन्तले अहिले होलीमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै युवाहरुलाई होली सभ्य पूर्वक मनाउन आग्रह गरे । जाँड, रक्सी र नशालु पदार्थदेखि टाढा रहेर होली मनाउन तथा धार्मिक सदभाव कायम गर्नसमेत अनुरोध गर्दै उनले होलीमा आपसी द्वन्द्व, वैमनस्यता त्यागेर भाइचारा कायम गर्न आग्रह गरे ।
कार्यक्रममा मधेश प्रदेश सदस्य कृष्णा पासवान, होटल ब्यवसाय संघको अध्यक्ष एवं केन्द्रीय पर्यटकीय बिभाग सचिव हरि पन्त, सुदिश प्रजापति, प्रभात कुमार चौरसिया, उमेश यादव, मनमोहन यादव, बिक्की यादव, धर्मेन्द्र प्रसाद यादवलगायतको सहभागीता थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads