search

असिना पानीका कारण पर्साका गँहु किसानलाई क्षती

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज १३ चैत । गएराती हावाहुरीसँगै परेको असिना पानीका कारण पर्साका ग्रामीण किसानले लगाएका बालीमा क्षति पुगेको छ । पानीका कारण किसानहरुले लगाएका दोस्रो मुख्यबाली गहुबालीमा क्षति पुगेको हो ।
पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ३ नौकाटोला निवासी किसान ढोडा साह तुरहाका अनुसार रातीको बर्षाका कारण गहुका बोटहरु ढल्दा उत्पादनमा कमि आउने आंशका छ । गँहुका बालामा दाना लागेपनि गहु ढलेकाले उत्पादनमा २५ प्रतिशत कमि आउने किसान तुरहाले बताउनुभयो । यसपाली गहुबाली राम्रो भए पनि केही दिनदेखि आएका हावाहुरी तथा बेमोसमी बर्षाका कारण बालीमा क्षति पुगेको किसान तुरहाले बताउनुभयो ।

गएराती परेको पानीका कारण रविबालीमा पनि क्षति पुगेको छ । रविबाली अन्तर्गत मुसुरो, खेसारी, केराउ तथा आलस उखेलेर सुकाउनका लागि खेतमा राखेका बेला लागातारका बर्षाले कुहिन थालेका किसानहरुले बताएका छन् । गत बुधबार र बिहिवार परेको पानीले भिजेका बाली राती पुनः भिज्दा यी बालीका दानाहरु नै कुहिने अवस्थामा पुगेको किसानहरुले बताएका छन् । त्यस्तै पानीका कारण नगदे बालीमा पर्ने सुर्तीमा पनि क्षति पुगेको छ ।
कतिपय किसानहरुले टिपेका सुर्तीका पात सुकाएर भित्रियाएका छन भने भित्रिउन बाकी रहेका पात भिजेर कातो बन्दै गएका जिराभवानी गाउँपालिका –२ सेढवाका किसान जगदिश चौधरीले बताउनुभयो । पात कालो भएर कमसल भएका र सोको मूल्य पनि कम हुने उहाँले बताउनुभयो । साथै कुहिएका पात बिक्री गर्न नसक्ने किसान चौधरीले बताउनुभयो ।
खेतीमा ठूलो रकमको लगानी गरी उत्पादन गरेका पातलाई फाल्नु पर्दा किसानलाई निकै क्षति भएको चौधरीले बताउनुभयो । यसका साथै लसुन, प्याज, खुर्सानी तगायतका तरकारीबालीमा समेत क्षति पुगेको छ ।
गएराती परेको पानीले केही बालीलाई फाइदा पनि पुगेका छ । मकैबाली, उखुवाली र चैते धानबालीमा गएरातिको पानीले फाइदा पुगेको छ ।
17 minutes ago|

Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads