search

होली मनाउन १७ युवा कर्णाली नदीमा हामफाले

पढ्न छुटाउनुभयो ?

१२ चैत, काठमार्डौ । होली मनाउने हिडेका केही युवाहरु कर्णाली पुलबाट सोमबार पालैपालो हामफालेका छन् । सोमबार होली मनाउन पुलमा जम्मा भएको सयौँ जनाको भीडबीच १७ जना पालैपालो कर्णाली नदीमा हामफालेर हेलिएका हुन ।
त्यसरी हामफालेर कर्णालीमा हेलिएकामध्ये एकजना युवक अहिले बेपत्ता भएका छन्। कर्णालीमा जोशिएर हामफालेका युवकहरू होली मनाउँदै चिसापानी पुलमा पुगेका थिए।
होली पर्वको रमाइलोबीच १५ जना युवकले पहिले नै हामफालिसकेका थिए। केही सेकेन्डको बीचमा १६ औँ नम्बरमा अर्का युवकले हामफाले। अगाडि हामफालेका युवकहरू कर्णालीमा हेलिँदै किनारतिर अघि बढिरहँदा १६ औँ नम्बरका ती युवक हामफालेलगत्तै डुब्न पुगे।
कर्णालीको पुलमाथि वारिपारि जम्मा भएर हेरिरहेकाहरू ती युवक डुबिरहेको देखेर आत्तिए। तत्कालै किनारमा रहेका दुईवटा डुंगा ती युवकको खोजीमा नदीमा हेलिए। तर डुबिसकेका ती युवकलाई डुंगा चालहरूले भेट्टाउन सकेनन्।
उनीअगाडि हामफालेका १५ जना र उनीभन्दा पछि हामफालेका एकजना युवक कर्णालीमा हेलिँदै किनारमा निस्किए। तर उनी कर्णालीमा हामफालेलगत्तै डुबेर बेपत्ता भएका छन्।
यसरी अन्य साथीहरूसँगै कर्णालीमा हामफालेर बेपत्ता भएका युवक कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही हुन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले हामफालेका १७ मध्ये लोकेन्द्र कर्णालीमा डुबेर बेपत्ता भएको पुष्टि गरे।
बेपत्ता भएका लोकेन्द्रको डुंगासहित सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको छु, उनले भने, तर अहिलेसम्म उनको अवस्था खुलेको छैन।
कर्णाली पुलको दायाँबायाँ मानिसहरू चढेर सजिलै हामफाल्न सक्ने बार छ। उक्त बारमा झुन्डिँदै युवाहरू जोशिएर कर्णालीमा हामफाल्ने गर्छन्।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads