search

होलीमा बाराबाट १८ जना पक्राउ, १९२ वटा सवारी साधन नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ चैत । जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गर्नुका साथै १९२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
फागु पुर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरीले विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा १९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई कारबाई प्रक्रिया बढाएको जनाएको छ ।
१७५ वटा सवारी साधनबाट एक लाख ४५ हजार राजस्व जरिवाना गरी छाडिएको जिप्रका, बाराले जनाएको छ ।
होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएर शान्ति सुरक्षामा खलल पुर्याउन खोज्ने १८ जनालाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads