search

spot_img
spot_img

मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

प्रस, परवानीपुर, १७ चैत/ बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित ईरिक्शाको ठक्करबाट यही चैत १५ गते बिहीवार साँझ पर्साको सखुवाप्रसौनी गापा–५ बलुवा घर भई हाल वीरगंज–१८ सुखचैनामा डेरा गरी बस्ने ३२ वर्षीय सोनालाल रामको मृत्यु भएको घटनामा सहमति भएको छ ।
शनिवार आठ लाख क्षतिपूर्ति दिने गरी सहमति भएको पीडित पक्षका मनोज रामले बताए । तत्काल डेढ लाख नगद र डेढ लाखको चेक दिएको र बाँकी पाँच लाख पछि दिने गरी जिल्ला प्रहरी कार्यालय, पर्सामा सहमति भएको उनले बताए । चैत १५ गते बिहीवार राम घाइते भएका थिए भने उनको भोलिपल्ट वयोधा अस्पताल वीरगंजमा मृत्यु भएको थियो ।
ईरिक्शा चालक भने घटनापछि फरार छन् । ईरिक्शालाई प्रहरी चौकी नौतनले नियन्त्रणमा राखेको छ । आजको सहमति वीरगंज महानगर–२१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको रोहबरमा भएको हो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा नियन्त्रणका लागि वीरगंजका निजी अस्पतालहरू बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने

वीरगंज, ९ भदौ । पर्सा जिल्लामा झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै वीरगंजका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक...

सम्बन्धित खबर

- Advertisement -neelambads