search

सूचना प्रविधिका सामानसहित दुई विदेशी पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ चैत/ वीरगंज महानगरपालिका–१५ लक्ष्मणवास्थित शिवदेवी पटेलको घरबाट शनिवार पर्सा प्रहरीले दुईजना विदेशी नागरिकलाई ठूलो परिमाणमा सूचना प्रविधिका सामानहरूसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले सूचनाको आधारमा आज पटेलको घरमा छापामारी गरिएको र सो घरबाट ठूलो परिमाणमा सूचना प्रविधिका सामानहरू बरामद गरिएको बताए ।
उनले सो सामान दुईजना विदेशी नागरिकको भएको खुलेपछि उनीहरूलाई वीरगंज–१६ नगवाबाट नियन्त्रणमा लिएको जानकारी गराए । पक्राउ परेका विदेशी चिनियाँ नागरिक भएको पुष्टि प्रहरीले गरेको छैन ।
प्रवक्ता थापाले विदेशी नागरिकको पुष्टि नभएको बताए । उनले घटनाबारेमा थप अनुसन्धान भइरहेको र यसबारेको विस्तृत विवरण पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए । घरधनी पटेलले गत माघ १४ गतेदेखि दुई तले भवनका आठवटा कोठा ती दुई विदेशी नागरिकलाई भाडामा दिएको बताइन् ।
उनले हेटौंडा उपमहानगरपालिका–१० बस्ने श्रद्धा जोशीले चिनियाँ भाषा सिकाउन कोठा भाडामा लिएको बताइन् ।
Facebook Comments Box

ताजा खबर

बाराका युवक काठमाडौँमा अवैध क्रिप्टोकरेन्सी कारोबारमा पक्राउ

वीरगंज , मंसिर - १२ जिल्ला प्रहरी परिसर काठमाडौँले अवैध क्रिप्टोकरेन्सी कारोबार गर्दै आएको आरोपमा २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ...

सम्बन्धित खबर

- Advertisement -neelambads