search

डिभिजन वन कार्यालय रौतहटको घाटगद्दीमा राखिएको काठमा आगलागी

पढ्न छुटाउनुभयो ?

रौतहट सोमबार, १९ चैत । डिभिजन वन कार्यालय रौतहट अन्तर्गत घाटगद्दी गरी राखिएको काठमा आगलागी भएको छ । आगलागीबाट लाखौँ रुपैयाँ बराबरको काठदाउरा जलेर नष्ट भएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा सोमबार दिउँसो आगलागी भएको हो । आगो अझै नियन्त्रणमा लिन नसकेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
गैडाटार सवडिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । उनका अनुसार ती काठ नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन निर्माणका लागि वन क्षेत्रबाट कटान गरिएको थियो ।
सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागीबारे सूचना आएको सेक्टर वन कार्यालय चोंचाका प्रमुख अधिकृत राजेश कुमार साहले बताए । खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्रसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
Facebook Comments Box

ताजा खबर

मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

वीरगंज, १२ मंसिर । नेपाल मुस्लिम समाज संघ वीरगंज, पर्साले शुक्रवार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना...

सम्बन्धित खबर

- Advertisement -neelambads