search

पर्सामा ६७३ वटा साना उद्योग दर्ता

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ चैत/ घरेलु तथा साना उद्योग कार्यालय, वीरगंजमा चालू आवको साउनदेखि पुस मसान्तसम्म ६७३ वटा साना उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय, वीरगंजका प्रमुख धनञ्जय सिंहले यो अवधिमा १६ वटा उद्योगको नाम संशोधन, ३७ वटा उद्योगको नामसारी, २५ वटा उद्योगको ठाउँ सारी, पाँचवटा उद्योगको वातावरण परीक्ष्Fण, १२५ वटा उद्योगको पूँजीवृद्धि गरिएको बताए । यसैगरी, उनले ७२६ वटा उद्योगको नवीकरण, ७९ वटा उद्योगको लगत कट्टा, छवटा उद्योगको शाखा विस्तार, ३३ वटा उद्योगको उद्देश्य थप गरिएको बताए ।
उनले यो अवधिमा दर्ता रहेको उद्योगहरूमध्ये ४०५ जना पुरुष उद्यमी र २९९ जना महिला उद्यमीको नाममा दर्ता रहेको बताए । दर्ता गरिएको उद्योगहरूमा एक हजार ७०९ जना पुरुष र एक हजार २८० जना महिलाले रोजगार पाएको उनले जानकारी गराए ।
Facebook Comments Box

ताजा खबर

जसपा नेपालद्वारा प्रधानमन्त्रीलाई २८ बुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

वीरगंज , मंसिर - १० जनता समाजवादी पार्टी (जसपा) नेपालले देशव्यापी अभियान अन्तर्गत आज रौतहटमा २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई विस्तृत...

सम्बन्धित खबर

- Advertisement -neelambads