search

भत्किएको कल्भर्टको कारण दुर्घटनाको सम्भावना

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १० वैशाख/ वीरगंज–१२ मुर्लीस्थित कृषि सामग्री कम्पनीको अगाडि रहेको कल्भर्ट दुई महीनादेखि भत्किंदा मरम्मतसम्भारमा गम्भीरता देखिएको छैन ।
वडा नं १२ कार्यालय एवं वडाध्यक्ष सुरेश साह कानूको उदासीनताका कारण सो कल्भर्टको बिर्को मरम्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । मुर्लीमा प्रवेश गर्ने राजमार्गसँग जोडिएको सो कल्भर्टको मरम्मत नहुँदा कुनै पनि बेला दुर्घटनाको जोखिम बढ्ने टोलवासीले बताएका छन् ।
यस विषयमा वडाध्यक्ष कानूले मरम्मतको प्रयास गरिरहेको र वडाका विभिन्न स्थानका नाला तथा कल्भर्टको मरम्मत गर्न करीब रु १० लाख लागतको स्टिमेट बनाएर नगरपालिकासँग बजेट माग गरेको बताए । उनले बजेट आएपछि तत्कालै मरम्मत कार्य गर्ने बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads