search

प्रशासनको छापाले वीरगंजका व्यवसायी त्रसित रीतपूर्वक छापामारी भएन –उपाध्यक्ष

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १० वैशाख/ जिल्ला प्रहरी कार्यालय, पर्साको प्रमुखमा कुमोध ढुङ्गेल आएपछि राजस्व चुहावटका गतिविधिलाई अङ्कुश लगाउने क्रममा पर्सा प्रहरीको रवैयाप्रति वीरगंजका व्यवसायीहरूको छाता सङ्गठन वीरगंज उद्योग वाणिज्य सङ्घले आपत्ति प्रकट गरेको छ ।
आर्थिक सङ्कटबाट गुज्रिरहेको देशमा व्यवसायीहरू गर वा मरको अवस्थामा व्यापार–व्यवसाय गरिरहेका छन् । यसैबीच, प्रहरी प्रशासनलगायत सरोकारवाला निकायको गैरकानूनी छापामारीका कारणले व्यवसायीहरू त्रसित बनेको वीउवासङ्घका उपाध्यक्ष माधव राजपालले बताए । उनले व्यवसायीको कारोबार र मनोबल उकास्ने नीति राज्यले ल्याउनुपर्ने अवस्थामा मनोबल खस्काउने र व्यवसायीहरू चोर हुन् भन्ने नीतिका कारण गैरकानूनी छापामारी गरेर प्रहरी प्रशासनले चर्चा बटुल्न खोजेको आरोप लगाए ।
वीरगंजमा केही दिनदेखि विभिन्न स्थानमा जनपद र सशस्त्र प्रहरी, भन्सार, स्थानीय सरकार, आन्तरिक राजस्व कार्यालय, राजस्व विभागलगायतका निकायले छापामारी गरिरहेको व्यवसायीहरूको आरोप छ ।
असार मसान्त नजीकिंदै जाँदा राजस्व सङ्कलनको लक्ष्यलाई पूरा गर्न एवं व्यवसायीमाथि अनाहकमा मानसिक, आर्थिक यातना सिर्जना गर्न यस्तो कार्य भएकोप्रति सङ्घले दुःख व्यक्त गरेको उनले बताए । उपाध्यक्ष राजपालले सही तरीकाले छापामारी गर्ने हो भने जिल्लास्थित अनुगमन समितिको निर्णय अनुसार सरोकारवाला व्यक्तिको प्रतिनिधित्व हुनेगरी छापामारी गर्नुपर्ने माग गरेका छन् । उनले प्रहरीले छापामारी गर्ने र छापामारीबाट बरामद मालवस्तुको मूल्य पनि निर्धारण गर्ने काम सो निकायको नभएको स्पष्ट पारे ।
भन्सार कार्यालयको प्रतिनिधिबेगर उक्त सामान भन्सार छलीको हो/होइन, कुन सामान कति मूल्यको हो भन्नेबारेमा वीउवासङ्घका प्रतिनिधि एवं आन्तरिक राजस्व कार्यालय, वाणिज्य कार्यालय लगायतको विषय भएकोले छापामारीलाई रीतपूर्वक लैजानुपर्ने उनले बताए ।
यस विषयमा जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले प्रहरीले चालेको कदम सही भएको दाबी गर्दै सूचना चुहिने आशङ्काले कतिपय छापामारीका घटनामा सबै नियामक निकायका प्रतिनिधिहरूको सहभागिता हुन नसकेको बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads