search

spot_img
spot_img

वीरगंज–२४, शारदा माविमा शुल्कको विषयमा विवाद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ वैशाख/ वीरगंज–२४ बहुअरीस्थित शारदा माध्यमिक विद्यालयमा शुल्कको विषयमा विवाद सिर्जना भएको छ । कक्षा १२ अध्ययनरत विद्यार्थीहरूले मासिक शुल्कको विषयमा सिर्जना भएको हो । वैशाख १४ गतेदेखि कक्षा १२ को वार्षिक परीक्ष्Fाको समयतालिका सार्वजनिक भए तापनि विद्यालयले शुल्क नतिर्ने विद्यार्थीहरूको प्रवेशपत्र रोकेकोले विद्यार्थी र विद्यालय प्रशासनबीच विवाद सिर्जना भएको हो ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले वार्षिक रु छ हजार तिर्नुपर्ने देखिन्छ । तर विद्यार्थीहरूले आर्थिक मन्दीको कारणले गर्दा आपूmहरू शुल्क तिर्न असमर्थ रहेको भन्दै रु छ हजारमध्ये तीन हजार र बाँकी तीन हजार स्थानान्तरण प्रमाणपत्र लिने बेलामा तिर्ने भनेर अडान अघि सारेको कक्षा १२ का विद्यार्थी रविरञ्जन कुशवाहाले बताए ।
विद्यार्थीहरूको शर्त विद्यालयका प्रधानाध्यापक विनोद मेहताले नमान्दा १५ जना विद्यार्थीले प्रवेशपत्र पाएका छैनन् । प्रवेशपत्र नपाउँदा परीक्षाबाट वञ्चित हुने भन्ने विद्यार्थीमा चिन्ता बढेको छ । लगभग ७५ जना कक्षा १२ मा अध्ययनरत विद्यार्थीमध्ये कक्षामा ३०–३५ जना उपस्थित भएका थिए भने १५–२० जनाभन्दा बढीले शुल्क बुझाएर प्रवेशपत्र पाएका छन् ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक विनोद मेहताले कुनै किसिमको विवाद नरहेको प्रतिक्रिया दिए । उनले भने– कक्षा ११ र १२ अध्यापन गराइने विद्यालयहरूमा विद्यार्थीहरूबाट नै सहयोग राशि सङ्कलन गरी उच्च मावि चल्ने भएकोले न्यूनतम मासिक रु पाँच सयको दरले एकजना विद्यार्थीको वर्षमा रु छ हजार शुल्क लाग्ने गरेको बताए । उनले शुल्क बुझाएर प्रवेशपत्र लिन र परीक्षामा सहभागी हुन विद्यार्थीसँग अपील गरे ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

७८ जनामा आरडिटी पोजेटिभ भेटियो

राधेश्याम पटेल वीरगंज ८ भदौ । वीरगंज महानगरपालिकामा आइतवारसम्म १३४ जनामा झाडापखालाका रोगीहरुले वीरगंजका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्...

सम्बन्धित खबर

- Advertisement -neelambads