search

मिस नेपाल प्रतियोगिताको ३०औं संस्करणको वीरगंज अडिशन वैशाख १६ गते हुने

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १४ वैशाख/
हरेक वर्ष आयोजना हुने मिस नेपाल प्रतियोगिताको ३०औं संस्करणको वीरगंज अडिशनबारे जानकारी गराइएको छ । वीरगंजमा द हिडेन ट्रिजर प्रालिको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष अजयरत्न स्थापितले विगत तीन वर्षदेखि उपत्यकाबाहेकका जिल्लाहरूमा पनि प्रतियोगी छनोट गर्नको लागि अडिशन आयोजना हुँदै आएकामा वैशाख १६ गते आइतवारका दिन वीरगंजमा अडिशन राखिएको बताए । सो अडिशनमा मधेस प्रदेशका प्रतियोगीहरू सहभागी हुने उनले जनाए ।
त्यसैगरी, पत्रकार सम्मेलनमा सहभागी सन् २०२३ की मिस नेपाल इन्टरनेशनल प्रसिद्धि शाहले आप्mनो पुरानो घर वीरगंजको छपकैया भएको बताउँदै पछिल्लो समय उपत्यकाका प्रतियोगीसँगै मोफसलका प्रतियोगीहरू पनि छनोट गर्ने उद्देश्य रहेकाले आपूmहरू वीरगंज आएको बताए । पाँच फिट तीन इन्च उचाइ एवं १८ देखि २७ वर्ष उमेर समूहका तथा कक्षा १२ उत्तीर्ण नेपाली युवतीहरूले यो प्रतियोगितामा अडिशन दिन सक्नेछन् ।
प्रतियोगिताको क्ष्Fेत्रीय साझेदार रोट्र्याक्ट क्लब अफ वीरगंजका अध्यक्ष आयुष गुप्ताको सहजीकरणमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । देशभरिबाट २५ जना युवती अडिशनबाट छानिने र अगस्तमा ग्रान्ड फिनाले गर्ने आयोजकको तयारी छ । प्रतियोगिताको फिनालेबाट मिस नेपाल विजेता र अन्य तीन क्याटगरीमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशन छनोट गरिन्छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads