search

spot_img
spot_img

हरि खेतान क्याम्पसमा विद्यार्थीले गरे तोडफोड, स्थित तनावग्रस्त

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ वैशाख । हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले तोडफोड गरेका छन् ।

परीक्षालाई मर्यादित बनाउने बहानामा अनावश्यक दुःख दिएको आरोप लगाउँँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ ।

विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोस्ने, मानसिक यातना दिने जस्ता गतिविधि गरेर हैरान गरेका थिए । ‘पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक दुःख दिने होइन,’ विरोधमा सहभागी एक विद्यार्थीले भने, ‘तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना काम दुःख दिइरहेका थिए । झरेको पेन उठाउँदा समेत उत्तर पुस्तिका खोसेर निष्कासित गर्ने धम्की दिइरहेका थिए ।’

परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमा विरोध गर्दै ढुङ्गामुढा समेत प्रहार गरेका थिए । ढुङ्गामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर, मोटरसाइकललगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थित तनावग्रस्त बन्दै गएपछि नियन्त्रणमा लिन त्यहाँ बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads