search

spot_img
spot_img

एक्सेल कलेजमा महानगरको सिल

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ वैशाख/ वीरगंज महानगरपालिका कार्यालयले एक्सेल कलेजमा आइतवार सिल लगाएको छ ।
दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि एक्सेल कलेजमा सिल गरिएको नगरप्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुँयालले बताए ।
महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले एउटा नामबाट सञ्चालन अनुमति लिएर स्वीकृति लिएको ठाउँभन्दा फरक ठाउँ र नाममा कलेज सञ्चालन भएको भेटिएकोले सिल गरिएको बताए । कञ्चनजङ्घा इङ्गग्लिश स्कूल र ज्ञानवाटिका बोर्डिङ स्कूलको ११ र १२ कक्षाको अनुमतिलाई दुरुपयोग गरी वीरगंज महानगरपालिका–११ मा एक्सेल कलेज सञ्चालन रहेको र सो कलेज महानगरमा दर्ता नरहेको पाइएपछि सिल गरिएको अधिकृत लामिछानेले बताए । गत वर्ष महानगरपालिका कार्यालयले विभिन्न नौवटा शैक्षिक संस्थामा सिलबन्दी गर्दै जरिवाना गरेको थियो ।
विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा कञ्चनजङ्घा र ज्ञानवाटिका बोर्डिङ स्कूलको नाम हुने तर अध्ययन भने फरक ठाउँ र फरक नाममा कलेज सञ्चालन भएको पाइएपछि सिल गरिएको उनले बताए ।
सिलबन्दीमा नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, नगर प्रहरी इन्चार्ज हरि भुसाललगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ, ३१ साउनः अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads