वीरगंज, १७ वैशाख । संघीय सांसद डा अमरेशकुमार सिंहले देशको अर्थतन्त्र तहसनहस हुँदै गएको बताएका छन् ।
खर्चको अनुपातमा आम्दानी बढ्न नसक्नु, पूँजीगत खर्चलाई बढाउन नसक्नु, राजस्व सङ्कलन प्रभावित बन्नु, देशमा भ्रष्टाचारी मौलाउँदै जानु, जनताले सुशासनको प्रत्याभूति गर्न नसक्नु जस्ता कारणले गर्दा नेपालको अर्थनीति र आर्थिक नीति उल्टो दिशातर्फ जान थालेको उनको विश्लेषण थियो ।
वीरगंजको लर्डस दियालो प्लाजा होटलमा सोमवार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सर्लाही–४ बाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित सांसद सिंहले भ्रष्टाचारकै कारण देशमा पछिल्ला केही ठूलठूला काण्डहरु भएको स्पष्ट पारेका थिए । उनले नक्कली शरणार्थी भुटानी प्रकरण, सुन प्रकरण, वाडडबडी, एनसेललगायत आपराधिक घटनाक्रमको सत्यतथ्य छानबिन नभएको टिप्पणी गर्दै भावी सरकारले त्यो घटनालाई पारदर्शीरुपमा सत्यतथ्य छानबिन गरी जनता समक्ष ल्याउनुपर्ने माग गरे ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि संघीय संसदमा पटक–पटक आवाज उठाइरहे तापनि सरकारले जति गर्नुपर्ने हो त्यो काम नगरेर भ्रष्टाचारतर्फ चुलुम्र्म डुबेको आरोप लगाए । “आज ग्रासरुटदेखि प्रधानमन्त्रीसम्मको कार्यालयहरुमा बेथिति र भ्रष्टाचार मोलाएको गर्दा जनताले सुशासन प्रत्याभूति गर्न सकेका छैनन् । भएका उद्योगहरु बन्द भएका छन् । व्यवसायीहरुको शटर बन्द भइरहेका छन्”, उनले भने– “यसरी जाने हो भने नेपालको विकास हुन सक्दैन । शिक्ष्Fा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा उन्नति गर्न सक्दैन ।”
राजासहितको हिन्दु राज्यको मुद्दामा तपाईको धारणा के छ भन्ने प्रश्नमा बोल्दै उनले दुइटै मुद्दामा आफनो सहमति नभएको र विदेशी शक्तिहरुको कारणले गर्दा संघीयता धरापमा रहेको प्रष्ट पारे ।
देशमा भ्रष्टाचार कम भएर सुशासन भयो भने लोकतन्त्रको उत्कृष्ट मोडेल संघीयताजस्तो अरु कुनै होइन भन्ने उनको तर्क थियो ।

Facebook Comments Box