search

spot_img
spot_img

हरि खेतानमा सुनियोजित आक्रमण– क्याम्पस प्रमुख राय

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ वैशाख/ हरि खेतान बहुमुखी क्याम्पसले आइतवार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाइको माग गरेको छ ।
क्याम्पस परिसरमा सोमवार बिहान आयोजित पत्रकार सम्मेलनमा आइतवार बिहान क्याम्पसको भौतिक संरचना तथा सवारी साधनमाथि भएको तोडफोड घटनाको निन्दा गर्दै आवश्यक छानबिनको लागि क्याम्पस प्रशासन अघि बढ्ने बताइएको छ ।
क्याम्पस प्रमुख किशोरी राय (यादव)ले पत्रकार सम्मेलनमा बोल्दै वीरगंजको एनआई कलेजका केही व्यक्तिको उक्साहटमा सुनियोजित रुपले हरि खेतान क्याम्पसलाई बदनाम गराउन सो घटनाक्रम भएको आरोप लगाए ।
हरि खेतानमा शुक्रवार सम्पन्न परीक्ष्Fाको क्रममा पर्यवेक्षकबाट अमर्यादित गतिविधि भएपछि आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेका हुन भन्ने आरोपमा क्याम्पस प्रमुख रायले ती सबै निराधार र भ्रामक भएको दावी गरे ।
आइतवारको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय, पर्सामा हिजो बैठक पनि बसेको थियो । हरि खेतानको परीक्ष्Fालाई त्रिजुद्ध मावि वीरगंजमा सारिएको छ । क्याम्पस प्रमुख रायले घटनामा संलग्न एनआई कलेजका कर्मचारी तथा विद्यार्थीहरुको विरुद्धमा आवश्यक कारबाइ र क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी गर्न लागेको जानकारी गराइएको थियो ।
आइतवार बिहान ११ बजेपछि विद्यार्थीहरुको समूहले क्याम्पसको भौतिक संरचना एवं सवारी साधनमाथि ढुंगामुढा गर्दै क्षति पुर्याएका थिए भने केही मोटरसाइकललाई नालामा समेत फालेर प्रदर्शन गरेका थिए । पछि प्रशासनले बल प्रयोग गरी अवस्था सामान्य पारेको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads