search

spot_img
spot_img

वीरगंजलाई शिक्षाको हब बनाउँदै पर्यटनतर्फ विकास गर्नुपर्छ –ईश्वर पोखरेल

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १७ वैशाख/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वीरगंजलाई शिक्षाको हब बनाउँदै पर्यटन व्यवसायतर्फ विकसित गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले विगतदेखि आर्थिक नगरीको रूपमा परिचित वीरगंजका व्यवसायीहरूको लगानी संरक्षण, प्रवद्र्धन गर्दै आर्थिक गतिविधि सँगसँगै सूचना प्रविधि, प्राविधिक शिक्षा एवं आधुनिक कोर्ष पढाइ हुने शैक्षिक कार्यक्रम र शैक्षिक संस्थानको भौतिक संरचना निर्माण गरी शिक्षाको हब बनाउनुपर्नेमा जोड दिए ।
उनले शैक्ष्Fिक हबको रूपमा वीरगंज विकसित भयो भने दक्ष जनशक्ति उत्पादन गर्न वीरगंजले ठूलो योगदान गर्न सक्ने बताए । देशको विकासको मुख्य आधार कृषि र औद्योगिकीकरणको विषयमा वीरगंजको चिनी कारखाना र कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याएर कृषिमा क्रान्ति ल्याउनुपर्ने उनले बताए ।
पार्टी सङ्गठनबारे उनले पार्टीको लागि खट्ने र मेहनत गर्ने उम्मेदवारलाई नै सर्वसम्मत वा चुनावको माध्यमले ल्याउनुपर्ने बताए । पार्टीको विधान र विधि अनुसार अधिवेशनको सम्पूर्ण प्रक्रिया अगाडि बढाइ पार्टीमा लागेर काम गर्नेहरूको मूल्याङ्कन गरी नेता चयन गर्न उनले सुझाव दिए ।
नेकपा (एमाले) पर्साका अध्यक्ष डा विश्वम्भर शर्माको अध्यक्षता एवं पार्टीका जिल्ला सचिव मनोज गुप्ताको सहजीकरणमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, स्थायी कमिटी सदस्य एवं पर्सा इन्चार्ज अच्युत मैनाली, पोलिटब्युरो सदस्य लीला श्रेष्ठ, सुमन प्याकुरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमाले नगर सचिव सुन्दरप्रसाद कुर्मीले स्वागत र धन्यवाद शिवजी गुप्ताले गरेका थिए ।
उद्घाटनसत्र समापन भएपछि मङ्गलवार बिहान ८ बजेदेखि बन्दसत्र शुरू हुने कार्यक्रम तय भएको छ । पर्सामा कुल ११ हजार ९६२ क्रियाशील सदस्य रहेका छन् भने जिल्ला समिति चयन गर्नको लागि ६८५ जना प्रतिनिधि छनोट भएका छन् । पर्सामा विश्वम्भर शर्मा, जयप्रकाश थारू र शिव पटेलमध्ये एकजना अध्यक्ष चुनिनेछन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads