search

spot_img
spot_img

नेशनल मेडिकल कलेजको पटेलनगरमा निःशुल्क स्वास्थ्य शिविर

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ बैशाख । वीरगंज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा बुधवार बृहत निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीवन रेखा समाज ललितपुर र नेशनल मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७ सय १९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
पटेलनगरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको परिसरमा आयोजित शिविरमा १८७ जना पुरूष, १५७ जना महिला र ३७५ जना बालबालिका गरी ७ सय १९ को स्वास्थ्य परिक्षण गर्नुका साथै निश्शुल्क औषधि वितरणपनि गरिएको शिविरका इन्चार्ज विकास गुप्ताले जानकारी दिए ।
शिविरमा जेनलल मेडिसिन, गाइनो, अर्थाेपेडिक, दाँत,नाक,कान,घाँटी,मुटु,छाला लगायतका समस्याको चेकजाँच गरिएको थियो ।शिविरमा नेशनल मेडिकल कलजेका डाक्टर प्रवेज अन्सारी, डाक्टर प्रवीण साह, डाक्टर ओमप्रकाश पडित, डाक्टर अभिनाष सिंह, डाक्टर फिरोज अन्सारी, डाक्टर श्वाती साह, डाक्टर सन्जिव लगायतका चिकित्सकको टोलीले बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए ।
शिविरको उदघाटन हिमालयन डिष्टिलरी प्रालिका जेनरल म्यानेजर नवीन उपाध्यायले गरेका थिए । शिविरमा नेशनल मेडिकल कलेजका प्रशासन अधिकृत शेख फिरोजकोपनि उपस्थिति थियो ।
हिमालयन डिस्टिलरीको सामाजिक उतरदायित्वको शिर्षकको आर्थिक सहयोगबाट शिविर आयोजना भएको थियो ।
शिविरमा स्कुलका प्रअ लक्षमण साह,विव्यस अध्यक्ष निरन्जन पटेल,२१ का वडा अध्यक्ष राधाकृष्ण रौनियार, लिपनीविर्ता गाविसका पुर्व अध्यक्ष जतन राउत कुर्मी, एमाले नेता जलन्धर राउत कुर्मीलगायतको सहभागीता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads