मनोज ग्याँसद्वारा नेरा गीतागजेन्द्र माविका शिक्षकलाई एक वर्षको तलब सहयोग

वीरगंज, २० वैशाख । मनोज ग्याँस उद्योग प्रालि परवानीपुरले आज व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत ने.रा. गिता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय, वीरगंज–२१, सुखचैनालाई एक जना शिक्षकको एक वर्षको तलब बापतको रकम रू.एक लाख ४४ हजार सहयोग गरेको छ ।
मनोज ग्याँस उद्योग प्रा.लि.का सञ्चालक मनोज कुमार दासले उक्त रकमको चेक आज हस्तान्तरण गरेका हुन् । वीरगंज महानगरपालिका वडा न.२१ का वडा अध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक–प्रधानाध्यापक सुनिल झा र स्वागत प्रधानाध्यापक अरविन्द कुमार लालले गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा स्थानीय समाजसेवी जितेन्द्र कुर्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य सरोज यादवलगायतको सहभागिता थियो ।
यसअघि आव २०७९/०८० मा सो उद्योगको तर्पmबाट सो विद्यालयलाई मिति २०७९/१२/२२ गतेका दिन शिक्षकको तलब सहयोगार्थ एक लाख ४४ हजार उपलब्ध गराएको उद्योग प्रशासनले जनाएको छ ।
सम्बन्धित पोस्टहरुः