search

spot_img
spot_img

जेठ ३ गते पर्सा पूर्ण खोप घोषणा हुनेः सरोकारवालाको बैठक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २० वैशाख/ मधेस प्रदेशको सुदूरपश्चिम जिल्लाको रूपमा चिनिने पर्सा जिल्ला अन्ततः पूर्णखोप घोषणा भएको छ। जिल्ला खोप समन्वय समिति, पर्साका सचिवालय संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको संयोजकत्वमा बिहीवार बसेको सरोकारवालाको बैठकले जेठ ३ गते पूर्णखोप घोषणा गर्ने विषयमा छलफल एवं पूर्वतयारीका लागि निर्णय गरेको छ।
यसअघि, पर्साका १४ वटा पालिकामध्ये १० वटा पहिले नै पूर्णखोप घोषणा भइसकेका छन् भने चारवटा पालिका पकाहामैनपुर, विन्ध्यवासिनी, कालिकामाई र धोबिनी गाउँपालिका केही महीनाअघि घोषणा भइसकेकाले प्रदेश स्वास्थ्य निर्देशनालयमा जिल्ला पूर्णखोप घोषणाको लागि सिफारिश भएकोमा जेठ ३ गते समय तोकिएकोले पूर्णखोप घोषणा गर्ने निधो भएको हो।
सो कार्यक्रममा खोप र अन्य स्वास्थ्यसम्बन्धी सेवाका विषयमा उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाहरूलाई सम्मानसमेत गर्ने बताइएको छ।
यसैगरी, बैठकले जेठ १३ गतेदेखि पर्सामा पोलियोविरुद्धको खोप (आइपिभी) अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ। २०७३ जेठ मसान्तदेखि २०७५ चैत मसान्तभित्र जन्मेका बालबालिकालाई पोलियोविरुद्धको खोप खोप लगाइनेछ। पर्साका विभिन्न सरकारी र निजी विद्यालयसँगै अतिरिक्त खोप केन्द्र स्थापना गरी करीब एक लाख ४४ हजारको हाराहारीमा बालबालिकाहरूलाई आइपिभी खोप लगाउने स्वास्थ्य कार्यालय, पर्साको तयारी छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साह, नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंह, शिक्षा विकास तथा समन्वय एकाइ पर्साका निमित्त एकाइ प्रमुख श्यामकिशोर प्रसाद, नेरेसो पर्साका शाखा अधिकृत वीरशम्शेरप्रसाद कुर्मी, खोपदूत प्रकाश थारू, पर्साका उपअनुसन्धान निर्देशक दिलीपकुमार सिंह, वीरगंज महानगर स्वास्थ्य शाखा प्रमुख अनिल यादवलगायतको सहभागिता थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मोटरसाइकल चालकको मृत्यु, टायर बालेर प्रदर्शन

बारा,९ भदौ। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ सिसहनिया चाेकमा आइतबार राति भएको माेटरसाइकल र टाटासुमाे ठाेक्किदा गम्भीर घाइते...

सम्बन्धित खबर

- Advertisement -neelambads