वीरगंज, २३ वैशाख/ नेकपा (एमाले) पर्सा जिल्लाको नवौं अधिवेशन सात दिनपछि आइतवार सम्पन्न भएको छ ।
नवौं अधिवेशनले डा विश्वम्भर शर्माको अध्यक्षतामा १२७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । वैशाख १७ गते उद्घाटन सत्रसँगै बन्दसत्र शुरू भएको थियो भने दुई दिनपछि वैशाख १९ गतेदेखि निर्वाचन प्रक्रिया शुरू भएको थियो ।
वैशाख २० गते अध्यक्ष डा शर्मा, लेखा समितिका सहसंयोजक प्रताप श्रेष्ठलगायत ९१ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्ष, सचिव, सहसचिव, लेखा समिति संयोजक, सचिव र ३५ सदस्यसमेत गरी ४० पदमा भएको निर्वाचनको अन्तिम परिणाम आइतवार सार्वजनिक गरिएको छ ।शनिवार दिउँसो १२ बजेदेखि मतदान शुरू भएको थियो भने राति १ बजेदेखि मतगणना भएको थियो । यसअघि अन्तिम मतदाता नामावली प्रकाशन भएपछि एक पक्ष निर्वाचन गराउन र अर्को पक्ष प्रक्रियागत त्रुटि सच्चाएर मतदान गराउन भनी अडान लिएर बसेका कारण निर्वाचन प्रक्रिया ढिला भएको थियो भने यो क्रममा दुवै पक्षबीच हात हालाहाल भएको थियो ।
आज घोषित परिणाम अनुसार उपाध्यक्ष मनोज गुप्ता, सचिव महेश दास, सहसचिव सीता लामा (महिला), सहसचिव नविजान अन्सारी (पुरुष), लेखा समिति संयोजक शिवजी गुप्ता, सचिव सगीर अन्सारीलगायत सदस्यहरू निर्वाचित भएका छन् ।
उपाध्यक्षमा लालबाबू शेख, सचिवमा नवराज शर्मा, सहसचिवमा (महिला) गीता भण्डारी, (पुरुष) रामकिशोर सिंह पराग, इमरान हुसेन, लेखा समिति संयोजकमा सन्तोष सिंह, सचिवमा आरोहण साहलगायत पराजित भएका छन् ।

Facebook Comments Box