search

spot_img
spot_img

रामचरित्र भगत मावि भवन निर्माणको विषयलाई लिएर भएको विवाद विनानिष्कर्ष टुङ्गियो

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २४ वैशाख/पकाहामैनपुर गाउँपालिका–३ पकाहास्थित रामचरित्र भगत मावि भवन निर्माणको विषयलाई लिएर भएको विवाद विनानिष्कर्ष टुङ्गिएको छ ।
विद्यालय भवन निर्माण गर्दा ठेकेदारले एक्साभेटरबाट पुरानो भवनको संरचना भत्काएपछि सोबाट विद्यालय र पालिकालाई आर्थिक हानिनोक्सानी भएको भनेर तत्कालीन गाविस अध्यक्ष्F विजय चौरसिया र स्थानीयले विरोध गरेका थिए । उनीहरूले पुरानो १० कोठे भवन भत्काउँदा सोबाट इँट, काठ, झ्यालढोकाहरू निस्किने र सोबाट लाखौं रुपैयाँ विद्यालय र पालिकालाई उपलब्ध हुने अवस्था रहे पनि ठेकेदारले एक्साभेटर प्रयोग गरेर भत्काएपछि सो आधार गुमेको भन्दै विरोध भएको थियो ।
विरोधका बीच पालिका अध्यक्ष सुरेश मेहताले वैशाख २१ गतेदेखि पाँच दिनको लागि काम रोकेका थिए । उनकै नेतृत्वमा आज विद्यालयमा पञ्चायती बसेको थियो । पञ्चायतीमा तत्कालीन गाविस अध्यक्ष चौरसियाले पालिका अध्यक्षबाट लिखितरूपमा क्ष्Fतिपूर्तिको आश्वासन आउनुपर्ने माग गरे । स्थानीयले पनि लाखौं रुपैयाँ गुम्ने गरी ठेकेदारले गरेको कामको विरोध गरे । पालिका अध्यक्ष मेहताले भने ठेकेदारले आपूmलाई समेत नसोधेर भवन भत्काएको भन्दै यस सम्बन्धमा ठेकेदारसँग मौखिक क्षतिपूर्तिको माग गर्ने बताएका थिए । तर उनले लिखित प्रतिबद्धता दिन नसकेपछि आजको पञ्चायती विनानिष्कर्ष टुङ्गिएको हो ।
दुई करोड २७ लाख रुपैयाँको लागतमा सो विद्यालय भवनको आठवटा कोठा निर्माणको ठेक्का लागेको र यसै आवभित्र सो काम सम्पन्न गर्नुपर्ने ठेकेदारलाई दायित्व छ । करीब एक हजार ४०० विद्यार्थी अध्ययनरत रामचरित्र भगत माविमा अहिले दुई तले भवनमा कक्ष्Fा १२ सम्मको अध्यापन हुँदै आएको छ । २०१८ सालमा यो विद्यालय निर्माण भएको र पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको लागि नयाँ टेन्डर आह्वान गरिएको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads