search

spot_img
spot_img

जगरनाथपुरका विकासप्रेमी वडाध्यक्ष: करोडौंको बजेट विकास निर्माणमा खर्च गर्दै

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, परवानीपुर, बैशाख २६/
पर्साको दुर्गम र अविकसित पालिकाको रूपमा रहेको जगरनाथपुर गाउँपालिका थियो तर पछिल्लो केही वर्षमा पालिकाको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायत क्षेत्रमा स्तरोन्नति हुन थालेको छ ।

राष्ट्रिय प्रकृति स्रोत एवं वित्त आयोगको गत वर्षको कार्यसम्पादन मूल्याङ्कनमा पर्सामा यो पालिकाले चौथो स्थान हासिल गरेको छ ।

सोही पालिकाको वडा नं ३ का अध्यक्ष हुन्, सुभाषप्रसाद यादव । जगरनाथपुर गापा–३ गढैयाका यादव ३१ वर्षीय युवा जनप्रतिनिधि हुन् । २३ महीना अगाडि नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा चुनाव जितेका यादव कक्षा १२ उत्तीर्ण छन् । उनले वार्षिकरूपमा करोडौंको बजेट विकास निर्माणमा खर्च गरिरहेका छन् ।

पालिकाबाट पाइने वडास्तरीय बजेट, प्रदेश र सङ्घ सरकारबाट गरी वार्षिक तीन/चार करोड रुपैयाँको बजेट आप्mनै वडामा खर्च गरेर विकासको गति तीव्र बनाएको उनको भनाइ छ । उनी निर्वाचित भएपछि पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, बाटोघाटो, पूर्वाधार, भौतिक संरचनालगायतमा योजना बनाइ काम शुरू गरेका थिए । उनको वडामा श्री बाबा आवि गढैयामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु २५ लाखमा पर्खाल निर्माण, ४५ लाखमा चार कोठे भवन निर्माण, २० लाखमा अधूरो भवनको काम पूरा, १० लाखमा तीन कोठे भवन, नेराप्रावि जमुनियामा २० लाखमा भवन निर्माणलगायत काम गरिसकेका छन् ।

त्यसैगरी, वडाको जमुनिया गाउँको छठघाट, पोखरी सौन्दर्यीकरण, सडक, नाला, वडा कार्यालय भवन, बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवनलगायतका विकास निर्माण कार्य अघि बढाएको उनले बताए ।

तत्कालीन गाविस अध्यक्ष शङ्करप्रसाद यादवका छोरा सुभाषले वडाध्यक्षको जिम्मेवारी सम्हालेपछि आफूले विकासमा कुनै कञ्जुस्याइँ नगरेको बताए । उनको वडाका जमुनिया, गढैया, थलुचडी, गढगोलगायत पाँचवटा गाउँमा सडक स्तरोन्नति गरेको र केही भित्री गल्लीमा सडक निर्माण गर्न बाँकी रहेको उनले बताए ।

गढैया आविमा भौतिक संरचना निर्माण भएपछि त्यस वरपरका आधा दर्जन बालबालिकालाई शिक्षा हासिल गर्न सहज भएको उनको भनाइ छ । विकास निर्माणको कामबाट अहिलेसम्म गाउँले र प्रतिपक्षले कुनै टीकाटिप्पणी नगरेकाले आफू निर्धक्क भएर सही दिशामा हिंडेको उनको बुझाइ छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads