search

प्रशिक्षकले मनपरी गरेको मधेसको कुस्ती खेलाडीहरूको आरोप

वैशाख २७ गतेदेखि काठमाडौंमा दोस्रो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुश्ती प्रतियोगिता हुने

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २६ वैशाख/ वैशाख २७ गतेदेखि काठमाडौंमा हुने दोस्रो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुश्ती प्रतियोगिताको लागि मधेस प्रदेशबाट छनोट भएका खेलाडीहरूको विषयमा विवाद शुरू भएको छ । नेपाल खेलकूद परिसर अन्तर्गत मधेस प्रदेशका कुश्ती प्रशिक्षक ब्रह्मदेव प्रसाद यादव ले मनपरी गरेको मधेसको कुस्ती खेलाडीहरूले आरोप लगाएका छन् ।

प्रशिक्षक यादवले प्रतियोगितामा सहभागिताको लागि विभिन्न तौल समूहमा पुरुषतर्फ रमेश यादव, कुन्दन साह तुराहा, सुजित यादव, उमेश ठाकुर हजाम, निखिल पटेल, राज यादव र वैकल्पिकमा मुकेशकुमार ठाकुरलाई छनोट गरेका छन् । त्यसैगरी, महिलातर्फ गीता यादव, नीलम पटेल र वैकल्पिकमा प्रियङ्का मण्डललाई छनोट गरेका छन् । खेलाडी छनोटमा आसेपासे खेलाडीहरूलाई अवसर दिनको लागि खेल प्रदर्शनविना हचुवाको भरमा छनोट गरिएकाले आफूहरू विरोधमा उत्रेको पर्सा, विन्ध्यवासिनी–२ गर्दौलका कुश्तीबाज मनोज यादवले बताए ।

यस विषयमा प्रशिक्षक यादवसँग बुझ्दा विनाबजेट खेलाडीहरूको नाम मात्र माग गरिएकोले प्रतिस्पर्धा नगराइ आवश्यक खेलाडीहरूको सूची तयार पारी नेपाल कुश्ती सङ्घलाई पठाएको जवाफ दिए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads